दैनिक समाचारदाता
राजविराज, १५ असार ।
असार १५ लाई धान दिवसका रुपमा चिनिने गरिन्छ । यस दिन नेपालभरिका किसानहरु आ–आफ्नो खेतमा रोपाईका लागि खटेका हुन्छन् ।
सिंचाईको उचित सुविधा नपुगेको सप्तरी जिल्लामा भने यस पटक वर्षाले साथ दिएपछि सोमबार अधिकांश खेतहरुमा किसानहरु धान रोप्न व्यस्त रहेका छन् ।
रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको तिरहुत गाउँपालिका वडा नं. १ त्रिकौलका कृषक जवाहर प्रसाद गुप्ताले बताए । यद्दपी उनले समयमै मलखाद उपलब्ध हुन नसक्दा किसानहरु समस्यामा परे पनि जेनतेन गरि धान खेती समयमै गर्न भ्याएको जानकारी समेत दिए ।
देशकै सबैभन्दा पुरानो चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर गरि तीन तीन वटा नहरहरुबाट सिंचाई सुविधा व्यवस्था गरिए पनि मर्मत सम्भारको अभावले गर्दा कमान्ड क्षेत्र भित्र पानी पुग्न नसकेका कारण जिल्लाका अधिकांश भू–भागमा धान खेतीका लागि आकाशे भर पर्नु पर्ने अवस्था छ ।
यता लगातार एक सातादेखी भइरहेको वर्षाले गर्दा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका किसान भने चिन्तामा डुबेका छन् । निरन्तरको वर्षाले १२ कठ्ठा जग्गामा लगाइएको धान खेती डुवानमा पर्दा आफू समस्यामा परेको तिलाठी कोइलाडी गाउँपालिका २ लोनियाका कृषक दिनेश मण्डलले बताए ।
तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, को. बसाईन र तिलाठीका गरि करिब ५ सय बिगहा जग्गामा लगाइएको धान खेती डुवानमा परेको जानकारी दिए ।
सप्तरीमा कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेको छ । जसमध्ये ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्र यादवका अनुसार जिल्लामा हालसम्म करिब २० प्रतिशत जग्गामा धान रोपाई भइसकेको छ ।
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
सारांश
- सिंचाईको उचित सुविधा नपुगेको सप्तरी जिल्लामा भने यस पटक वर्षाले साथ दिएपछि सोमबार अधिकांश खेतहरुमा किसानहरु धान रोप्न व्यस्त रहेका छन् ।
- रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको तिरहुत गाउँपालिका वडा नं.
- १ त्रिकौलका कृषक जवाहर प्रसाद गुप्ताले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया