बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड

राजविराज राजविराज
|
शनिबार, आश्विन १, २०७९
|
|
२५ पटक हेरिएको
Shares
बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड

सारांश

  •     समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत ब्यबस्थापन कार्यक्रम अन्तर्गत स्वास्थकर्मिहरूका लागि ६ दिने आधारभुत क्लिनिकल तालिमको समापनको अवसरमा सो कुरामा जोड दिइएको हो ।
  •       स्वास्थ कार्यालय सप्तरीको आयोजनामा तथा सवल नेपाल र सेभ द चिल्ड्रेनको सहयोग शुक्रबार राजबिराजमा आधारभुत क्लिनिकल तालिम समापनको आयोजना गरिएको हो ।
  •      उक्त अवसरमा स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादबले नवजात शिशु र ५ बर्षमुनीका वालवालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामीको मृत्युदर घटाउन तथा बृद्विबिकासमा टेवा पु¥याउनु पर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौ । 

    नवजात शिशु तथा ५ बर्षमुनीका बालवालिकाहरूको स्वास्थमा सुधार र मृत्युदर घटाउनुपर्नेमा जोड दिइएको छ ।
    समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत ब्यबस्थापन कार्यक्रम अन्तर्गत स्वास्थकर्मिहरूका लागि ६ दिने आधारभुत क्लिनिकल तालिमको समापनको अवसरमा सो कुरामा जोड दिइएको हो । 
    स्वास्थ कार्यालय सप्तरीको आयोजनामा तथा सवल नेपाल र सेभ द चिल्ड्रेनको सहयोग शुक्रबार राजबिराजमा आधारभुत क्लिनिकल तालिम समापनको आयोजना गरिएको हो ।     उक्त अवसरमा स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादबले नवजात शिशु र ५ बर्षमुनीका वालवालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामीको मृत्युदर घटाउन तथा बृद्विबिकासमा टेवा पु¥याउनु पर्ने बताए । उनले सीप र ज्ञान लाई सही ठाउमा प्रयोग गरेर स्वास्थ चौकीमा दिएका सेवालाई अभिलेख र प्रतिवेदन बनाई रेकर्ड गरेर राख्न निर्देशन समेत दिए । 
    प्रमुख यादबले नवजात शिशुलाई सुरक्षित गर्नका लागी सफा र सुख्खा गरेर न्यानो बनाई राख्ने, नवजात शिशुको श्वासप्रश्वास नलिलाई सिधा बनाउने, नवजात शिशुको श्वाप्रश्वास नलिलाई सकसन प्रयोग गरेर मुख नाक सफा गर्ने जस्ता उपायहरू अपनाएर नवजात शिशुलाई सुरक्षति गर्नुपर्ने बताए । 
    तालिमका प्रशिक्षक जागेश्वर खड्गाले ५ बर्ष मुनीका वालवालिकाहरूलाई खोप, सरसफाई, बहुक्षेत्रिय पोषणको बारेमा स्वास्थ चौकी र गाँउघर क्लिनिकमा तालिममा सहजिकरण सिकेका कुराहरूलाई ब्यवहारमा उतार्दै सेवा दिन स्वास्थकर्मिहरूलाई आग्रह गरे । 
    सबल नेपालका अध्यक्ष जुना गिरीले स्वास्थ चौकीलाई स्वस्थ बनाई स्वास्थ कार्यालयलाई ब्यबस्थापन गरी सहज वातावरण बनाउन स्वास्थकर्मिहरूलाई सुझाव दिइन् । 
    सेभ द चिल्ड्रेनका स्वास्थ संयोजक देवकृष्ण भगतले नवजात शिशु र ५ बर्षमुनीका वालवालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामी र मृत्युदर घटाउन तथा बृद्विबिकासमा टेवा पु¥याउने लक्ष्य रहेको बताए । 
    सप्तरीका खडक नगरपालिका र सुरूङ्गा नगरपालिकाका २४ जना स्वास्थकर्मिहरूको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वास्थ कार्यालयका अम्बिका ओली, जागेश्वर खड्गाले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
एक महिनामा ४० अपराधी पक्राउ
एक महिनामा ४० अपराधी पक्राउ
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा