दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
कोरोना महामारीका बेला अग्रपंक्तिमा काम गर्ने सप्तरीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा संचारकर्मीहरु समेतमा संक्रमण बढ्न थालेको छ । महामारीको बेला हालसम्म ४३ जना अग्रपंक्तिमा काम गर्नेहरु संक्रमित भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित हुनेहरु मध्ये तीन जना संचारकर्मी समेत रहेका छन् । संचारकर्मी सबै उपचार पश्चात् निको भइसकेका छन् । यता जिल्लामा शुक्रबारसम्ममा १५ स्वास्थ्यकर्मी, ८ नेपाली सेना, ८ कर्मचारी र ३९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक टेलिकमका कर्मचारीको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार यसरी संक्रमित भएकाहरु मध्ये प्रहरीतर्फ ९ जना निको भई डिस्चार्ज भएका छन् भने ३० जना आइसोलेशनमै उपचारका क्रममा छन् ।
राजविराजस्थित नेपाली सेनाका भिम दलगणका संक्रमित सबै ८ जना पनि उपचारकै क्रममा छन् । स्वास्थ्यकर्मी तर्फ कुल १५ जना संक्रमित भएकोमा १३ जना निको भई फर्किएका छन् भने दुई जना अझै आइसोलेशनमै छन् ।
यस्तै कोरोना महामारी फैलिए यता स्वास्थ्य, टेलिकम, विद्युत, बैंक तथा वित्तिय संस्था, स्थानिय तह र न्याय सम्पादन लगायतका अत्यावश्यक क्षेत्रमा सेवा प्रदान गर्ने ८ जना कर्मचारी पनि संक्रमित भएका छन् । एक जनाको मृत्यु, ६ जना निको भई घर फर्किएका छन् भने एक जना अझैं उपचारकै क्रममा आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा हालसम्म संक्रमितको संख्या ८ सय ५८ पुगेको छ भने ८ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या ६ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
महामारीका बेला अग्रपंक्तिमा काम गर्ने ४३ जना संक्रमित
सारांश
- संक्रमित हुनेहरु मध्ये तीन जना संचारकर्मी समेत रहेका छन् ।
- संचारकर्मी सबै उपचार पश्चात् निको भइसकेका छन् ।
- यता जिल्लामा शुक्रबारसम्ममा १५ स्वास्थ्यकर्मी, ८ नेपाली सेना, ८ कर्मचारी र ३९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया