दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षण र उनीहरुलाई सक्षम बनाउन राज्यसँगै अभिभावकले पनि भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
बौद्धिक अपाङताका अभिभावक महासंघ नेपालको आयोजना, लेभ द इन्क्लिुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङताका अभिभावक संघ सप्तरीको समन्वयमा आयोजित दुई दिने नीति, निर्माण कार्यशालाको समापन पश्चात् बुधबार आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बौद्धिक अपाङगताका अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु बस्नेतले अपाङगता भएका व्यक्तिलाई परिवार वा अन्य कुनै पनि व्यक्तिबाट अमानविय र अपमानजनक व्यवहार गर्न नहुनेमा जोड दिँदै यसका लागि अभिभावक र राज्य दुबै गम्भिर बन्नु पर्ने बताए ।
यदी समाजमा कतै यस्तो घटना भइरहेको छ भने खबरदारी गर्न र समुदायस्तरमा सचेतनासँगै सरोकारवाला निकायमा जानकारी गराउनु पर्ने उनको आग्रह थियो ।
बौद्धिक अपाङगताका अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश प्रसाद अर्यालले अपाङ भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान रुपमा आफ्नो परिवार वा आफूले छनौट गरेको वासस्थानमा बस्ने अधिकार भएको भन्दै त्यस्तो व्यक्तिलाई कुनै खास स्थानमा बस्नका लागि बाध्य पारिनु कानुनले निषेध गरेको भन्दै यसतर्फ सबै अभिभावक सजग रहनु पर्ने बताए ।
दुई दिनसम्म चलेको कार्यशालामा बौद्धिक अपाङगता भएका व्यक्तिका २५ जना अभिभावक सहभागि थिए । उनीहरुलाई महासंघका राष्ट्रिय अध्यक्ष बस्नेतले बौद्धिक अपाङगता भएका व्यक्तिको संरक्षण, सुरक्षा, राज्यमा पहँुच तथा व्यवस्थापन बारे आवश्यक तालिम प्रदान गरेका थिए ।
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
सारांश
- बौद्धिक अपाङताका अभिभावक महासंघ नेपालको आयोजना, लेभ द इन्क्लिुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङताका अभिभावक संघ सप्तरीको समन्वयमा आयोजित दुई दिने नीति, निर्माण कार्यशालाको समापन पश्चात् बुधबार आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
- कार्यक्रममा बौद्धिक अपाङगताका अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु बस्नेतले अपाङगता भएका व्यक्तिलाई परिवार वा अन्य कुनै पनि व्यक्तिबाट अमानविय र अपमानजनक व्यवहार गर्न नहुनेमा जोड दिँदै यसका लागि अभिभावक र राज्य दुबै गम्भिर बन्नु पर्ने बताए ।
- यदी समाजमा कतै यस्तो घटना भइरहेको छ भने खबरदारी गर्न र समुदायस्तरमा सचेतनासँगै सरोकारवाला निकायमा जानकारी गराउनु पर्ने उनको आग्रह थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया