नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  

राजविराज राजविराज
|
सोमबार, माघ २९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका स्थित चहका, सिसुवारी र बलान लगायतका खोलाबाट अवैध रुपमा बालुवा, गिटीको उत्खनन् भइरहेको स्थानीयले गुनासो गरेका हुन् ।
  •       स्थानीयवासीका अनुसार अत्याधिक दोहनले खोलाका मुहान सुक्दै गएको छ भने वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।
  •     सुरुङ्गा नगरपालिका भित्र पर्ने नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न चालु आव २०८०÷८१ का लागि संघर्ष निर्माण सेवा उदयपुरले १ करोड २५ लाख ९९ हजार ९ सय ९९ मा ठेक्का पाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 

    सप्तरीको चुरे क्षेत्रसँग जोडिएको विभिन्न नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन् भइरहेको स्थानीयले गुनासो गरेका छन् । 
    सप्तरीको सुरुङ्गा नगरपालिका स्थित चहका, सिसुवारी र बलान लगायतका खोलाबाट अवैध रुपमा बालुवा, गिटीको उत्खनन् भइरहेको स्थानीयले गुनासो गरेका हुन् । 
    स्थानीयवासीका अनुसार अत्याधिक दोहनले खोलाका मुहान सुक्दै गएको छ भने वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।
    सुरुङ्गा नगरपालिका भित्र पर्ने नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न चालु आव २०८०÷८१ का लागि संघर्ष निर्माण सेवा उदयपुरले १ करोड २५ लाख ९९ हजार ९ सय ९९ मा ठेक्का पाएको छ । नगरपालिका सँग ठेक्का लिँदा गरिएको सम्झौतामा बलान खोलाबाट प्रतिदिन १ हजार ६ सय, चहका खोलाबाट ५ हजार २ सय ६० तथा शिशुवारी खोलाबाट २ हजार ७ सय घनफिट मात्र नदी जन्य पदार्थको उत्खनन गर्न पाइने उल्लेख छ । तर ठेकेदारले ट्याक्टर र ट्रकमार्फत तोकेको भन्दा दोब्बर घनफिट बालुवा गिटी झिकेर लैजाने गरेको स्थानीयको भनाइ छ ।
    यस्तै सम्झौतामा सूर्य उदयदेखि सूर्य अस्तसम्म मात्र बालुवा गिटी झिक्न पाइने र घाटगदी गरेपश्चात मात्र लिएर जानुपर्ने उल्लेख भएपनि सो प्रक्रिया पूरा नगरी रातिको समयमा समेत उत्खनन र ढुवानी हुने गरेको स्थानीयवासी शंकर चौधरीले बताए ।
    आफूहरू यसबारे ठेकेदार, नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराए पनि कुनै सुनवाई नभएको उनले सुनाए । यसरी नै खोला दोहन भइरहने हो भने वर्षायाममा बस्ती डुवान तथा अन्य बेला पानीको हाहाकारको जोखिम बढ्दै जाने र खेतीपातीमा समेत समस्या हुन थालेको उनको भनाइ छ ।
    केही वर्षअघिसम्म ढुङ्गा र बालुवाले भरिभराउ शिशुवारी, चहका र बलान खोलाको बगर अहिले रित्याइएको देखिन्छ । एकातिर मापदण्ड विपरीत उत्खनन अर्कोतिर खोला छेउमै बालुवा प्रशोधन केन्द्रको नाममा क्रसर उद्योग नै सञ्चालनमा ल्याएर ठेकेदार र व्यवसायीले चुरेको कमजोर धरातल उधिनेर कमजोर बनाउँदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्नु दुखद भएको पत्रकार महासंघ सप्तरीका सभापति श्रवण कुमार देवको भनाइ छ । 
    यस विषयमा सुरुङ्गा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीसँग जिज्ञासा राख्दा उनले मापदण्ड विपरीत उत्खनन भइरहेको बारे अनभिज्ञता प्रकट गर्दै गुनासो आइसकेपछि नियन्त्रणमा अब कडाईका साथ लाग्ने जनाए । ठेकेदार र क्रसर व्यवसायीले स्थानीय सरकारको मिलोमतोमा अवैध उत्खनन गरिरहेको स्थानीयको आरोपलाई अस्वीकार गर्दै उनले त्यस्तो कुनै मिलोमतो नरहेको दाबीका साथ सोको अनुगमन गरी कडाईका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
    स्थानीय सरकार र प्रहरीको आँखा छल्दै चुरेसँग जोडिएको खोलाहरूबाट मापदण्ड विपरीत जथाभावी ढुङ्गा, बोल्डर र गिटी उत्खनन र अत्याधिक दोहनले खोलाहरूको मुहान सुक्दै जानुको साथै प्राकृतिक सम्पदाको बिनासले वातावरण समेतमा नकारात्मक प्रभाव पर्ने भन्दै स्थानीयले अविलम्ब यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
विद्यापति स्मृति पर्वमा विविध कार्यक्रमको आयोजना
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
पेटीदार सम्पर्कविहीन भएपछि १६ मजदुर बिचल्लीमा
पेटीदार सम्पर्कविहीन भएपछि १६ मजदुर बिचल्लीमा
राजगढ गाउँपालिका आफ्नै भवनमा
राजगढ गाउँपालिका आफ्नै भवनमा
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह