दैनिक समाचारदाता
राजबिराज, २० साउन ।
प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विकास र समृद्धिको महत्वपूर्ण आधार कृषि नै रहेको बताएका छन् ।
बुधवार सप्तरीको बिष्णुपुर गाउँपालिका ६ स्थित रंजितपुर गोरगामामा आयोजित कृषि हाट बजार सुदृढिकरण सहयोग कार्यक्रम अन्तर्गत कृषि हाट बजार सेड उदघाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले विकास र समृद्धिको एउटा महत्वपूर्ण आधार कृषि नै रहेकाले कृषि क्षेत्रलाई आधुनिकरण गरी हाट बजारमार्फत कृषकलाई आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।
कृषिमा व्यवसायीकरण गरी उत्पादन बढाउने सरकारको लक्ष्य रहेकोले सोही अनुसार अघि बढेकाले कृषि उत्पादनलाई महत्व दिएर बजारीकरण गर्न कृषक सडक जस्ता कार्यक्रम गर्दै आएको उनको भनाई थियो ।
मन्त्री साहले कृषकहरुका लागि मलखादको समस्या नआउन दिनका लागि प्रदेश सरकारले दिर्घकालिन योजना अघि सारेको जानकारी समेत दिए ।
कृषि ज्ञान केन्द्र तथा रंजितपुर चौक कृषी उपज बजार सेड निर्माण उपभोक्ता समितिको साझेदारीमा कृषि हाट बजार सुद्विढिकरण कृषि उपज बजार कुल २० लाखको लागतमा निर्माण गरिएको हो ।
सेड ब्यबस्थापन समितिका अध्यक्ष राहुल रायको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष निलाम्वर यादब, प्रमुख प्रशासकिय अधिकृत ललन यादब, जसपा केन्द्रीय सदस्य तथा युवा नेता दिनेश यादब, लक्ष्मण यादब, वडा ६ का अध्यक्ष बहादुर सदा, नेकपा नेता अशोक यादब, जसपा युवा नेता सत्येन्द्र यादब, जसपा नेपाल केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद यादब, स्थानिय कृषक किरण राय लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा रंजितपुर, गोरगामाका स्थानिय सयौ कृषक, किसान, शिक्षक, स्थानियहरूको उपस्थिति रहेको थियो ।
बिकास र समृद्विको महत्वपुर्ण आधार कृषि नै हो ः कृषि मन्त्री साह
सारांश
- बुधवार सप्तरीको बिष्णुपुर गाउँपालिका ६ स्थित रंजितपुर गोरगामामा आयोजित कृषि हाट बजार सुदृढिकरण सहयोग कार्यक्रम अन्तर्गत कृषि हाट बजार सेड उदघाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।
- उनले विकास र समृद्धिको एउटा महत्वपूर्ण आधार कृषि नै रहेकाले कृषि क्षेत्रलाई आधुनिकरण गरी हाट बजारमार्फत कृषकलाई आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।
- कृषिमा व्यवसायीकरण गरी उत्पादन बढाउने सरकारको लक्ष्य रहेकोले सोही अनुसार अघि बढेकाले कृषि उत्पादनलाई महत्व दिएर बजारीकरण गर्न कृषक सडक जस्ता कार्यक्रम गर्दै आएको उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया