घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी

राजविराज राजविराज
|
बुधबार, पौष २५, २०८०
|
|
२० पटक हेरिएको
Shares
घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी

सारांश

  •     मंगलबार राती घरको मूल गेटमा ताल्चा लगाई कम्पाउण्डमा राखिएको बा.
  • १४.
  • च.

दैनिक समाचारदाता
राजविराज, २५ पुस ।

    राजविराज नगरपालिका वडा नं. ९ का निवर्तमान वडाअध्यक्ष शम्भुप्रसाद यादव (लाली)को घरको कम्पाण्ड भित्रैबाट स्कारपियो गाडी चोरी भएको छ । 
    मंगलबार राती घरको मूल गेटमा ताल्चा लगाई कम्पाउण्डमा राखिएको बा.१४.च. २९३५ नम्बरको स्कारपियो गाडी चोरी भएको हो । 
    मंगलबार राती ८ बजेतिर घर फर्केका यादवले गाडीलाई कम्पाउण्डभित्र राखी मुल प्रवेश गेटमा ताल्चा लगाएर आराम गर्न गएका थिए । सुरक्षित साथ राखिएको गाडी बुधबार बिहान उठ्दा मात्र चोरी भएको उनले थाहा पाएको बताए । 
    कम्पाउण्ड गेट र गाडीको साँचो राख्ने ठाउँ आफ्नो परिवारका सदस्य र केही गाडीका पुराना स्टाफलाई समेत जानकारी रहेकाले तीनै स्टाफ मध्ये कसैले स्कारपियो चोरेको हुनसक्ने उनको आशंका छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले गाडी चोरी भएको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको बताउँदै लिखित रुपमै जाहेरी आएपछि थपअनुसन्धान गरिने जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?