गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु

सारांश

  •     गठबन्धनको सप्तरी क्षेत्र नं २ द्वारा सोमबार छिन्नमस्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
  •       जनतालाई अधिकार दिलाउन नचाहने व्यक्ति र गठबन्धनलाई जिताए जनता अधिकारबाट बंचित रहिरहने बताउँदै नेताहरुले जसले जनतालाई मार्न लगाएर सत्ता प्राप्ति गरे, जनताका अधिकार बिर्से त्यस्ता व्यक्तिलाई मत दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गर्नु रहेको जिकिर गरे ।
  •       कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति रामकुमार यादवले गठबन्धनबाट उम्मेदबारी दिएकाहरुलाई जिताउनुपर्ने बताउँदै जनताको रगतसँग खेलबाड गर्नेहरुलाई कुनै पनि हालतमा मत नदिन मतदातासँग आग्रह समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।

    लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुले गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने बताएका छन् ।
    गठबन्धनको सप्तरी क्षेत्र नं २ द्वारा सोमबार छिन्नमस्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।  
    जनतालाई अधिकार दिलाउन नचाहने व्यक्ति र गठबन्धनलाई जिताए जनता अधिकारबाट बंचित रहिरहने बताउँदै नेताहरुले जसले जनतालाई मार्न लगाएर सत्ता प्राप्ति गरे, जनताका अधिकार बिर्से त्यस्ता व्यक्तिलाई मत दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गर्नु रहेको जिकिर गरे । 
    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति रामकुमार यादवले गठबन्धनबाट उम्मेदबारी दिएकाहरुलाई जिताउनुपर्ने बताउँदै जनताको रगतसँग खेलबाड गर्नेहरुलाई कुनै पनि हालतमा मत नदिन मतदातासँग आग्रह समेत गरे ।
    एकीकृत नेकपा समाजवादी पार्टीका अध्यक्ष प्रतापनारायण चौधरीले देशलाई ठूलो दुर्घटनाबाट गठबन्धनले जोगाएको जिकिर गर्दै देशको विकास, जनतालाई अधिकार दिलाउने सवालमा गठबन्धन इमान्दार भएर अघि बढ्ने उल्लेख गरे । 
    राजविराज नगरपालिकाका पूर्व मेयर एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता शम्भु प्रसाद यादवले जनताको रगत साटेर कुर्सीमा जानेहरुलाई जनताले चिन्नुपर्ने धारणा राखे । उनले जनतासँग बेइमानी गर्नेहरुलाई समयमै चिन्न र मतको सही सदुपयोग गर्न आग्रह गरे ।
    कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादीका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
    यसअघि सोमबारै सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नं. २ का उम्मेदवार जयप्रकाश ठाकुरले राजविराज नगरपालिका वार्ड नं. १ स्थित चनौरामा कार्यकर्तालाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुनै एजेण्डा नभएको बताए छन् । 
    सत्ता र कुर्सीको लागि मधेशको सबै एजेण्डा छाडेको बताउँदै उनले केपी ओलीलाई मधेशमा निषेध गरेर मलेठ घट्नामा ५ जनालाई शहिद बनाउने यादव अहिले एमालेसंग गठबन्धन गर्नुले मधेशी जनताको अपमान गरेको उनको भनाई थियो । 
    उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै पुरानो नेतालाई बिर्सेर मतदाताले जनताको सेवा गर्न आफुलाई अवसर दिने बताएका छन । राजधानीमा बसेर सत्ताको खेला सधैं लिप्त रहने जसपा अध्यक्ष यादवले पाँच बर्ष सम्म गरेको काम जनताले हेरिसकेको भन्दै अव नयाँ अनुहारको नेतालाई चुनावमा जिताउनुपर्नेमा उनले जोड दिए । ‘म यहींको नेता हु, सधै जनताको साथमा रहेर काम गर्नेछु, जतिबेला पनि जनताको समस्या बुझन् तयार रहने छु ।’  
    कार्यक्रममा नेपाली काँग्रेसका नेता इर्साद अन्सारीले भने ‘उपेन्द्र यादवसँग कुनै एजेण्डा छैन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत देश बनाउन होइन विगार्ने काम गर्न आएका छन, यिनीहरु सबै ठग पार्टी हुन् जनताले बुझ्नु पर्छ ।’

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई  राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
नेपाल सहकारीको साधारणसभा सम्पन्न
नेपाल सहकारीको साधारणसभा सम्पन्न
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो