लागु औषधसहित तीन पक्राउ

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
लागु औषधसहित तीन पक्राउ

सारांश

  •     जिल्लाको बलान बिहुल गाउँपालिका १ स्थित प्रहरी चौकी मौवाबाट खटिएको प्रहरी गस्ती टोलीले उदयपुरको त्रियुगा ९ वस्ने २१ वर्षिय चुडामणी राय माझी र २० वर्षका सुमन परियारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
  •       प्रहरीले उनीहरुको शरीर खानतलासी गर्दा कालो रंगको तीनवटा प्लाष्टिकको पोकाहरु र लागुऔषध निट्राभेट–१० एक पत्ता १४ पिस ट्याब्लेट, फेनारगन इन्जेक्शन २ एमएलको ९७ एम्पुल, बुप्रेनोरफाइन इन्जेक्शन २ एमएल को ९७ एम्पुल, डाइजापाम इन्जेक्शन २ एमएलको ९७ एम्पुल बरामद भएको हो ।
  •       यस्तै प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिका ४ कदमाहामा एक पैदल यात्रीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।  

    सप्तरी प्रहरीले लागुऔषधसहित जिल्लाको दुई स्थानबाट तीन युवकलाई पक्राउ गरेको छ । 
    जिल्लाको बलान बिहुल गाउँपालिका १ स्थित प्रहरी चौकी मौवाबाट खटिएको प्रहरी गस्ती टोलीले उदयपुरको त्रियुगा ९ वस्ने २१ वर्षिय चुडामणी राय माझी र २० वर्षका सुमन परियारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।  
    प्रहरीले उनीहरुको शरीर खानतलासी गर्दा कालो रंगको तीनवटा प्लाष्टिकको पोकाहरु र लागुऔषध निट्राभेट–१० एक पत्ता १४ पिस ट्याब्लेट, फेनारगन इन्जेक्शन २ एमएलको ९७ एम्पुल, बुप्रेनोरफाइन इन्जेक्शन २ एमएल को ९७ एम्पुल, डाइजापाम इन्जेक्शन २ एमएलको ९७ एम्पुल बरामद भएको हो । 
    यस्तै प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिका ४ कदमाहामा एक पैदल यात्रीलाई लागुऔषधसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ बगाहा टोल बस्ने २३ वर्षका सागर मगर छन् । 
    पक्राउ परेका मगरका साथबाट फेनारगन इन्जेक्शन २ एमएलको ११ एम्पुल, बुप्रेनोरफाइन इन्जेक्शन २ एमएलको ११ एम्पुल, डाइजापाम इन्जेक्शन २ एमएलको ११ एम्पुल बरामद भएको हो । 
    बरामद भएको लागुऔषध र पक्राउ परेका तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय कडरवोनाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 
बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै