दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
अग्निपीडित राजविराज वडा नं. ६ की वडा सदस्य लिलादेवी सरवरियालाई बिहीबार वडा कार्यालयले राहत प्रदान गरेको छ ।
मंगलबार राती भएको आगलागीले उनको फुसको संरचना भएको दुई वटा घरका साथै भाडाकुडा, लत्ताकपडा, फर्निचर, खाद्यान्न सबै जलेर नष्ट भएको थियो ।
वडा सदस्य सरवरीयाको आगलागीबाट विजोग भएपछि तत्कालिन राहत स्वरुप केही सहयोग प्रदान गरिएको वडा अध्यक्ष शशी चौधरीले बताए ।
उनलाई घर मै पुगी २५ केजी चामल, ५ केजी खाने तेल, ५ किलो दाल, २ केजी नुन, प्रेसर कुकर, झुल, बाल्टीन, साबुन, भाडाकुडा र साडी लगायतका साम्रगी उपलब्ध गराइएको छ ।
सो अवसरमा नगर प्रहरीका असई शिव नारायण यादव, वडा सदस्य दिपक शर्मा, सोमिता सदा, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो ।
अग्निपीडित वडा सदस्यलाई वडा कार्यालयद्वारा राहत प्रदान
सारांश
- मंगलबार राती भएको आगलागीले उनको फुसको संरचना भएको दुई वटा घरका साथै भाडाकुडा, लत्ताकपडा, फर्निचर, खाद्यान्न सबै जलेर नष्ट भएको थियो ।
- वडा सदस्य सरवरीयाको आगलागीबाट विजोग भएपछि तत्कालिन राहत स्वरुप केही सहयोग प्रदान गरिएको वडा अध्यक्ष शशी चौधरीले बताए ।
- उनलाई घर मै पुगी २५ केजी चामल, ५ केजी खाने तेल, ५ किलो दाल, २ केजी नुन, प्रेसर कुकर, झुल, बाल्टीन, साबुन, भाडाकुडा र साडी लगायतका साम्रगी उपलब्ध गराइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया