नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप

राजविराज राजविराज
|
बिहिबार, आषाढ २८, २०८०
|
|
५० पटक हेरिएको
Shares
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप

सारांश

  •     सप्तरी जिल्ला अदालतले पहिलो पटक गत बिहीबार अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेकोमा दोश्रो पटक आइतबार पाँच दिन र तेश्रो पटक बिहीबार चार दिनका लागि म्याद थप गरेको छ ।
  •      नेपाल र भारतको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवले असार २० गते आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् ।
  •     सोही कसुरका आरोपी उनका श्रीमान् महेन्द्र भने फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ असार ।

    दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि तेश्रो पटक म्याद थप गरिएको छ । 
    सप्तरी जिल्ला अदालतले पहिलो पटक गत बिहीबार अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेकोमा दोश्रो पटक आइतबार पाँच दिन र तेश्रो पटक बिहीबार चार दिनका लागि म्याद थप गरेको छ ।
     नेपाल र भारतको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवले असार २० गते आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् ।
    सोही कसुरका आरोपी उनका श्रीमान् महेन्द्र भने फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । 
    उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
    उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । 
    भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते 
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते 
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु