अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी

राजविराज राजविराज
|
आइतबार, पौष २७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी

सारांश

  •     सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो ।
  •       प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेको थियो ।
  • प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्दतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजबिराज, २७ पुस । 
    राजविराजमा संचालित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न खेलमा प्रिमियर सेकेण्ड्री स्कुल बिजयी भएको छ । 
    सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो । 
    प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेको थियो । प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्दतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए । 
    बलिंगतर्फ रोज पब्लिकका तर्फबाट मनिश साह र नन्दकिशोर मण्डलले सामान २ बिकेट तथा राहुल यादव र बिशाल साहले १÷१ बिकेट लिएका थिए । 
    प्रतिउत्तरमा १ सय ७२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोज पब्लिकले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ४९ रन मात्र जोडन सकेको थियो । रोज पब्लिकका लागि कृष्णा चौधरीले नटआउट रहि ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए । प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले १÷१ बिकेट लिएक थिए । 
    खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्दामलाई क्रिकेटर महवुव आलमद्वारा नगद तथा ट्रफि प्रदान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम