अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी

राजविराज राजविराज
|
आइतबार, पौष २७, २०७६
|
|
७५ पटक हेरिएको
Shares
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी

सारांश

  •     सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो ।
  •       प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेको थियो ।
  • प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्दतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजबिराज, २७ पुस । 
    राजविराजमा संचालित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न खेलमा प्रिमियर सेकेण्ड्री स्कुल बिजयी भएको छ । 
    सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो । 
    प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेको थियो । प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्दतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए । 
    बलिंगतर्फ रोज पब्लिकका तर्फबाट मनिश साह र नन्दकिशोर मण्डलले सामान २ बिकेट तथा राहुल यादव र बिशाल साहले १÷१ बिकेट लिएका थिए । 
    प्रतिउत्तरमा १ सय ७२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोज पब्लिकले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ४९ रन मात्र जोडन सकेको थियो । रोज पब्लिकका लागि कृष्णा चौधरीले नटआउट रहि ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए । प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले १÷१ बिकेट लिएक थिए । 
    खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्दामलाई क्रिकेटर महवुव आलमद्वारा नगद तथा ट्रफि प्रदान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी