महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 

राजविराज राजविराज
|
शनिबार, कार्तिक १०, २०८१
|
|
४९ पटक हेरिएको
Shares
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 

सारांश

  •     सप्तरी क्रिकेट संघको समन्वयमा सबल नेपालद्वारा संचालित तथा एमसिसी फाउन्डेशन र सिडब्लुबीको सहयोगमा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा महोत्तरीले सप्तरीलाई १४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
  •     टस जितेर महोत्तरीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ बिकेटको क्षतिमा १ सय ४१ रनको योगफल खडा गरेको थियो ।
  • जसमा सिवानी साहले सर्वाधिक ६८ रन बनाउदै अविजित रहीन भने रोेजी कडारी ३९ रन बनाएकी थिइन् ।

दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।  

    राजबिराजमा संचालित अन्तर हब टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधी महोत्तरीले जितेको छ ।
    सप्तरी क्रिकेट संघको समन्वयमा सबल नेपालद्वारा संचालित तथा एमसिसी फाउन्डेशन र सिडब्लुबीको सहयोगमा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा महोत्तरीले सप्तरीलाई १४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
    टस जितेर महोत्तरीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ बिकेटको क्षतिमा १ सय ४१ रनको योगफल खडा गरेको थियो । जसमा सिवानी साहले सर्वाधिक ६८ रन बनाउदै अविजित रहीन भने रोेजी कडारी ३९ रन बनाएकी थिइन् । बलिङतर्फ सप्तरीकी बन्दना रजकले १ बिकेट लिएकी थिइन् । 
    यता जवाफमा सप्तरीले २० ओभरमा ६ बिकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सफल भएको थियो । जसमा सुमिन्त्रा यादबले ३७, दिपा राम २० अविजित तथा निसु चौधरीले १८ रन बनाएकी थिइन् । बलिङमा महोतरीका गोमा मगर र रोजी कडारी २÷२ बिकेट तथा सिवानी साहले १ बिकेट हात पारेकी थिइन् । 
    फाईनल खेलका म्यान अफ दि म्याच सिवानी साह घोषित भइन् । प्रतियोगितामा प्लेयर अफ दि सिरिज साक्षी यादब, बेस्ट बलर बन्दना रजक बेस्ट ब्याटर सिवानी साह घोषित भइन् ।    
    उक्त अवसरमा मधेश प्रदेश सरकारका पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव, सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब सदस्यद्वय संजय कार्की, डम्बर नाारायण दास, प्रतियोगिता संयोजक आशिष गुप्ताले बिजेता, उपबिजेतालाई शिल्ड, कप, मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
दुई सय ५० विपन्नलाई फाइबर सिरक प्रदान
दुई सय ५० विपन्नलाई फाइबर सिरक प्रदान
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन