दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
भन्सार छलेर अवैध रुपमा ल्याएर लुकाई राखेको ९ वटा भारतीय टेम्पो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय मातादी र बाँबाधाम धर्मराज इटा उद्योगले लुकाई राखेको ९ वटा भारतीय टेम्पो सोमबार राती सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मध्ये ३ वटा टेम्पोमा भारतीय नम्बर प्लेट भएपनि अन्य ६ वटा बिना नं. प्लेटकै भएको र गाडीको कुनै कागजात समेत नभएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी नायब उपरिक्षक श्यामणि ढकालको नेतृत्वमा खटेको मोवाइल गस्ती टोलीले ती इटा उद्योगहरुमा लुकाई राखेको अवस्था उक्त टेम्पोहरु बरामद गरेको उनले बताए ।
बरामद टेम्पोको न्युनतम ५४ लाख रुँपैया मुल्याङ्कन गरि भन्सार बुझाइएको समेत उनले जानकारी दिए । ती टेम्पोहरु आवश्यक प्रक्रिया पुरा गरि मंगलबार तिलाठीस्थित राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय मातादी र बाँबाधाम धर्मराज इटा उद्योगले लुकाई राखेको ९ वटा भारतीय टेम्पो सोमबार राती सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
- नियन्त्रणमा लिइएका मध्ये ३ वटा टेम्पोमा भारतीय नम्बर प्लेट भएपनि अन्य ६ वटा बिना नं.
- प्लेटकै भएको र गाडीको कुनै कागजात समेत नभएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया