दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
भन्सार छलेर अवैध रुपमा ल्याएर लुकाई राखेको ९ वटा भारतीय टेम्पो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय मातादी र बाँबाधाम धर्मराज इटा उद्योगले लुकाई राखेको ९ वटा भारतीय टेम्पो सोमबार राती सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मध्ये ३ वटा टेम्पोमा भारतीय नम्बर प्लेट भएपनि अन्य ६ वटा बिना नं. प्लेटकै भएको र गाडीको कुनै कागजात समेत नभएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी नायब उपरिक्षक श्यामणि ढकालको नेतृत्वमा खटेको मोवाइल गस्ती टोलीले ती इटा उद्योगहरुमा लुकाई राखेको अवस्था उक्त टेम्पोहरु बरामद गरेको उनले बताए ।
बरामद टेम्पोको न्युनतम ५४ लाख रुँपैया मुल्याङ्कन गरि भन्सार बुझाइएको समेत उनले जानकारी दिए । ती टेम्पोहरु आवश्यक प्रक्रिया पुरा गरि मंगलबार तिलाठीस्थित राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय मातादी र बाँबाधाम धर्मराज इटा उद्योगले लुकाई राखेको ९ वटा भारतीय टेम्पो सोमबार राती सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
- नियन्त्रणमा लिइएका मध्ये ३ वटा टेम्पोमा भारतीय नम्बर प्लेट भएपनि अन्य ६ वटा बिना नं.
- प्लेटकै भएको र गाडीको कुनै कागजात समेत नभएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया