दैनिक समाचारदाता
राजविराज, १६ भदौ ।
आर्थिक अवस्था ज्यादै नै कमजोर भएका कारण परिवार पाल्न निकै गाह्रो भएपछी सप्तरीको रुपनी गाउँपालिका २ हरिरावा टोलका ३२ वर्षिय दिपक कुमार राम १३ वर्ष अघि रोजगारीका लागी मलेशिया गए ।
यसैबीच विदा लिएर दुइ पल्ट घर आएका उनी विवाह र परिवारसंग भेटघाट गरी पुनः मलेशिया फर्केका थिए । यसै अवधीमा उनको आमा र बुवा दिवंगत भए । पछिल्लो पटक घरमा २७ वर्षिया गर्भवती श्रीमती रेणु र ७ वर्षिय छोरा विप्लवलाई छोडेर उनी पुनः मलेशिया फर्केका थिए । विदेशमा दुःख गरेर भएपनि आफ्नो परिवारलाई मिठोमसिनो खुवाउने, श्रीमतीको गर्भमा रहेको सन्तान र ७ वर्षिय छोरा बिप्लवलाई भविष्यमा राम्रो शिक्षा दिलाउने र विदेशबाट फर्केपछी गाउँ मै कुनै पसल खोली सपरिवार खुशियालीपूर्वक जीवन व्यतित गर्ने उनले सपना बुनेको भनी आफुलाई सुनाई रहने रेणुले बताईन ।
मलेशिया स्थित एक प्लास्टिक फ्याक्ट्रीमा दिनको १० घण्टा मिहिनेत गरेर कमाएको पैसाबाट खर्च कटाएर उनले पठाउने पैसाबाट घर परिवारको गुजाराका साथै छोरा विप्लवले राम्रो शिक्षा आर्जन गर्दै आएका थिए । यसबीच रेणुले दोश्रो सन्तानको रुपमा छोरी जन्माईन । विदेशमा रहेका श्रीमान कै सल्लाहमा उनले छोरीको नाम रिसिका राखेकी थिइन । उनको घरमा सबथोक ठिकै चलिरहेको थियो । तर गत सोमवार मलेशीयामा दिपकको मृत्यु भएको खबरले उनको घरमा बज्रपात हुन पुग्यो । फोन मार्फत दिपकका एक साथीले त्यस्तो दुःखद घटनाको खबर गरेपछि राम परिवारमा चलेको रुवावासी अझै थामिएको छैन । रेणु र नाबालक दुई छोरा÷छोरी सबैको वेहाल छ ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, वडाअध्यक्ष सरोज कुमार यादव तथा छिमेकीहरुले ल्याईदिएको खानेकुराले जसोतसो उनको गुजारा चल्दैछ । राम परिवारको सम्पतीको नाममा केही छैन । जग्गा विहिन रामपरिवार अहिले अर्कैको ३ धूर जग्गामा अनुमति लिई फुसको घर बनाई वस्दै आएका छन । भुमिहीन राम परिवारलाई जग्गा उपलब्ध गराउन पनी आफुले पहल गरिरहेको पालिका अध्यक्ष यादवको भनाई छ ।
यता मृत्यु भएको ९ दिन वितिसक्दा पनि रेणुले निधन भईसकेका श्रीमानको मुख हेर्न पाएकी छैनन । यसले उनको पीडा झनै थपिएको छ । “कसले श्रीमानको शव मलेशियाबाट ल्याईदिने हो, उनले भक्कानिदै भनिन– सबैलाई हारगुहार गर्दैछु, ।”
भेट्न आउने सबैलाई उनी एउटै कुरा भन्छिन–“जीवनको एक्लो सहारा श्रीमान अब रहेनन्, अब कसरी, बाँच्नु, लालाबाला कसरी हुर्काउनु, श्रीमानको शव कसरी र कहिले आउँछ, कृपया पहल गरिदिनुस् ।”
गाउँपालिका अध्यक्ष यादवले दिपकको शव ल्याउन आफुले प्रदेश र संघिय सरकारका साथै दुतावास मार्फत मलेशिया सरकारसंग पहल गरिरहेको बताएका छन ।
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
सारांश
- यसैबीच विदा लिएर दुइ पल्ट घर आएका उनी विवाह र परिवारसंग भेटघाट गरी पुनः मलेशिया फर्केका थिए ।
- यसै अवधीमा उनको आमा र बुवा दिवंगत भए ।
- पछिल्लो पटक घरमा २७ वर्षिया गर्भवती श्रीमती रेणु र ७ वर्षिय छोरा विप्लवलाई छोडेर उनी पुनः मलेशिया फर्केका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया