रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा

सारांश

  •     मिटरब्याजी पीडितहरुले राजविराज बजारमा प्रदर्शन पश्चात अदालत पुगेर गेट अगाडी पाल टाँगेर धर्नामा वसेका हुन ।
  •       उनीहरुले सम्पती सुद्धिकरण (मनि लाउण्डरींङ) मुद्दामा पक्राउ परेका रामदेव साहका श्रीमती शिव कुमारी र छोरा नन्दकिशोर माथी कानून बमोजिम कडा कारवाही हुनु पर्ने माग गरेका छन ।
  •     साह परिवार माथी यस अघि ठगी तथा आपराधीक विश्वासघात मुद्दा समेत चलिरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक । 

    मिटरब्याजी रामदेव साह र उनका परिवारबाट पीडित भएकाहरुले मंगलवार सप्तरी जिल्ला अदालतको गेट अगाडी धर्ना दिएका छन । 
    मिटरब्याजी पीडितहरुले राजविराज बजारमा प्रदर्शन पश्चात अदालत पुगेर गेट अगाडी पाल टाँगेर धर्नामा वसेका हुन । 
    उनीहरुले सम्पती सुद्धिकरण (मनि लाउण्डरींङ) मुद्दामा पक्राउ परेका रामदेव साहका श्रीमती शिव कुमारी र छोरा नन्दकिशोर माथी कानून बमोजिम कडा कारवाही हुनु पर्ने माग गरेका छन ।
    साह परिवार माथी यस अघि ठगी तथा आपराधीक विश्वासघात मुद्दा समेत चलिरहेको छ । पक्राउ परेका आमा छोराको बयान सकिएपछी भित्र थुनछेक बहस चलिरहदा बाहिर पीडितहरुले धर्ना र प्रर्दशन गरेका हुन । 
    उनीहरुले आफुहरुलाई चर्काे ब्याज लिएर घरवारविहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारवाही नगरिए अदालत कै अगाडी आत्महत्या गर्ने चेतावनी समेत दिएका छन । 
    पीडितहरुले साह परिवारसँग लिएको ऋण चर्काे ब्याज सहित चुक्ता गरिसके पनि बन्धकी स्वरुप राखेको जग्गा फिर्ता नगरेको गुनासो गरेका छन ।
    मिटरब्याजी रामदेव साह सहित सात जना विरुद्ध अदालतले सम्पत्ती सुद्धिकरण सम्बन्धि मुदामा असोज २ गते पक्राउ पुर्जी समेत जारी गरी सकेको छ । 
    रामदेव साह सहित उनकी श्रीमती शिव कुमारी, छोराहरु नन्दकिशोर, विपिन, छोरी पुष्पा, नाती चन्दन र कैलाश विरुद्ध पक्राउ पुर्जी जारी भएको श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । 
    जसमध्ये ५ जना अझै फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ । साह परिवारले ठगी तथा आपराधीक विश्वासघात गरेको भन्दै सप्तरीका १७ जना पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए । 
    यता थुनछेक बहस सकिएपछि न्यायाधिश उदविर नेपालकीको इजलाशले दुबैजनालाई जनही ५ लाख २२ हजार ५ सय धरौटीमा छाड्ने आदेश जारी भएको उदालत श्रोतले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा ः प्रजिअ गौतम
सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा ः प्रजिअ गौतम
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
कारागारका बन्दीको मृत्यु
कारागारका बन्दीको मृत्यु