ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै

राजविराज राजविराज
|
बुधबार, जेठ २५, २०७९
|
|
१७ पटक हेरिएको
Shares
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै

सारांश

  •     मिटर ब्याजी साहुको असुल धन्दाप्रति पटक पटक जनगुनासो तथा संचारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित हुँदा समेत प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन् ।
  • जसकारण उनी सो कार्य नडराई कन अझ सशक्त रुपमा लागिपरेको बाहिरिएको विभिन्न घटनाबाट देखिन्छ ।
  • आफ्नो जिल्ला छोडेर अन्य जिल्लामा बसोवास गर्दै गृह जिल्लामा मिटर ब्याजीको कामलाई झनै तिब्रता दिएको देखिन्छ ।

दैनिक समाचारदाता
राजविराज, २५ जेठ । 
    सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर घर भई हाल धरान उप महानगरपालिका वडा नम्वर १९ धनकुटे चोकमा बस्दै आएका ६७ वर्षीय रामदेव साहु तेलीले करिब १० वर्षयता सर्वसाधारणबाट मिटर ब्याजबाट करोडौँ रुपैयाँ असुल गरिरहेको खुलासा भएको छ ।
    मिटर ब्याजी साहुको असुल धन्दाप्रति पटक पटक जनगुनासो तथा संचारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित हुँदा समेत प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन् । जसकारण उनी सो कार्य नडराई कन अझ सशक्त रुपमा लागिपरेको बाहिरिएको विभिन्न घटनाबाट देखिन्छ । आफ्नो जिल्ला छोडेर अन्य जिल्लामा बसोवास गर्दै गृह जिल्लामा मिटर ब्याजीको कामलाई झनै तिब्रता दिएको देखिन्छ । 
    सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्वर ५ का ७० बर्षीय राम प्रसाद खत्बेले घरायसी काम गर्न २०७४ सालमा खडक नगरपालिका वडा नम्वर ७ का मिटर ब्याजी रामदेव साहु तेलीसँग ५ लाख रुपैयाँ ऋण लिए । त्यसपछि उनले आफ्नो छोरी रन्जना कुमारी खत्बेको बिहेको लागि २०७५ सालमा फेरि ७ लाख रुपैयाँ ऋण लिए । त्यसका लागि उनले शम्भुनाथ नगरपालिका ११ ‘क’ को कित्ता नं. ४७८ को  १७ कठ्ठा आफ्नो जमिन धितो राखेका थिए । राम प्रसादले अहिलेसम्म सो रकमको ब्याज वापत रामदेव साहु तेलीलाई ४० लाख रुपैयाँ बुझाइसके । तर, रामदेवले धितो वापतको १७ कठ्ठा जमिन अझैं फिर्ता दिएका छैनन् । 
    जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्वर ७ का मोहम्मद तैयब अलीको पनि समस्या उस्तै छ । छोरी खुश्मुदा खातुनको बिहेको लागि २०७१ सालमा १ विघा १० कठ्ठा घरसहित जग्गा रामदेव साहु तेलीको नाममा पास गरेर ३८ लाख रुपैयाँ लिएका ऋणमा उनले २०७३ साल ७ महिना ३ गते ८ लाख २०७४ साल बैशाखमा १५ लाख कार्तिकमा ११ लाख र पैसामा ९ लाख रुपैयाँ र अन्य गरि ९५ लाख रुपैयाँ तिरिसके । तर उनको पनि घर सहितको जग्गा फिर्ता गरेका छैनन् । 
    यस्तै ललिता मण्डलको समस्या पनि उनीहरु भन्दा फरक छैन् । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर २ की उनी जग्गा किन्न भनेर १० लाख रुपैयाँ ऋण लिइन् । भए भरको जग्गा पास गरेर नयाँ जग्गा किनेकी थिइन् ललिताले । १० वर्षअघि १० लाख रुपैयाँ लिएको ऋणमा उनले ३२ लाख रुपैयाँ तिरिसक्दा पनि उनको जग्गा अझैं मिटर ब्याजी रामदेवले फिर्ता गरेका छैनन् । वैदेशिक रोजगारीमा मलेसिया पुगेका ललिताका श्रीमान् दिनेश मण्डल १० वर्ष त्यहाँ बसेर फर्किए । श्रीमान्ले १० वर्षसम्मै कमाएको पैसा समेत ब्याज तिर्नैमा सकिएको उनले सुनाइन् । 
    बोदेबर्साइन नगरपालिका ९ का शीतल यादवले २०६५ सालमा उनै रामदेव साहुलाई साढे १२ कट्ठा जग्गा पास गरेर २ लाख ७० हजार रुपैयाँ छोरालाई बैदेशिक रोजगारीमा पठाउने लिएका थिए । तर, अहिलेसम्म सावाँ ब्याज गरेर १२ लाख तिरिसकेको उनीबाट साहुले ४४ लाख रुपैयाँ अझ चाहियो भन्दै अनिमात्र जग्गा फिर्ता दिने धम्की दिदै आएका छन् ।
    मिटर ब्याजी रामदेव साहु तेलीले ऋणी एक महिलालाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । साहुले आफ्नो हडपेको जग्गा फिर्ता दिने भन्दै शम्भुनाथ नगरपालिका ११ की ढिलादेवी (नाम परिवर्तन) ले बारम्बार बलात्कार गरेको आरोप लगाइन । उनले ब्याजको पैसा तिर्न गएको बेला कोठामा बोलाएर बलात्कार ग¥थ्यो, दुई पटक त गर्भवती पनि भए तर औषधी खुवाएर गर्भ तुहाएको सुनाइन् । उनका अनुसार श्रीमान् वैदेशिक रोजगारमा गइरहेको बेला साहुसँग ऋण लिएकी थिइन् । 
    यता उनका श्रीमानले ऋणको बहानामा श्रीमतिलाई बलात्कार गर्ने साहुलाई हदैसम्म कारवाही हुनुपर्ने माग गरेका छन् । ‘२०७८ मंसिर १२ गते हामीले बलात्कार गर्ने साहुमाथि जाहिरी हाल्न पुग्दा प्रहरीले जाहिरी लिन मानेन’ उनले भने–‘त्यसपछि हामीले दोस्रो दिन १३ गते हामीले जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहिरी पठाएर उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश माग गरेका छौं ।’ 
    साहुकर रामदेवले यसैगरी ठगी गरेको भन्दै उनीसहित उनका श्रीमती ६५ बर्षीया शिव कुमारी देवी साहु, छोरा ४४ बर्षीय नन्द किशोर साह, छोरी ४५ बर्षीया रेणु कुमारी साह, अर्की छोरी ४० बर्षीया अनुराधा साहविरुद्ध ईलाका प्रहरी कार्यालय कल्याणपुरमा अहिलेसम्म १० जना पीडितले मुद्दा दर्ता गराइसकेका छन् । 
    राम प्रसाद खत्बेसहित १० जनाले ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता  गरेको ३ महिना बितिसक्दा पनि प्रहरीले अझैंसाहुकार रामदेव साहु तेलीलाई पक्राउ गरेको छैन । ईलाका प्रहरी कार्यालय कल्याणपुरले मालपोत कार्यालय सप्तरीमा रहेको उनका जग्गाहरु रोका गरेको छ । तर, अझै उनलाई पक्राउ गरेको छैन् । सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले सप्तरी जिल्ला अदालतले अनुमति नदिँदा उनलाई पक्राउ नगरिएको बताए । 
    यसैबीच बोदेबर्साइन नगरपालिका मेयर आतेश कुमार सिंहले चर्को ब्याज लिएर सर्वसाधारणलाई उठिवास गराउने जस्ता अपराध गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । उठिवास गराउने जस्ता अपराध गराउनेलाई कानूनी दायरामा ल्याएर हदैसम्मको कारवाही हुनुपर्ने उनको माग छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका