दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
अरिंगालको टोकाईबाट सप्तरीमा एक महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने रामसुन्दर यादवकी २४ वर्षिया श्रीमती रमिलादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार दिउँसो खेतमा काम गर्न गएको बेला नजिकै रहेको रुखमा झुण्डिरहेको अरिंगालको गोलामा स्थानिय केही केटाकेटीले ढुंगा हानेका थिए । ढुंगा हानेपछि उडेका अरिंगालहरुले खेतमा काम गर्दै गरेकी रमिला र उनका ससुरा सुरतलाललाई समेत टोकेपछि उपचारका लागि सोही गाउँपालिकास्थि युनिक अस्पताल लगिएको थियो ।
तर अवस्था झन बिग्रिदै गएपछि अबेर राती रमिलालाई थप उपचारका लागि त्यहाबाट रेफर गरि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अरिंगालको टोकाईबाट घाइते उनका ससुरा सुरतलालको अवस्था भने सामान्य रहेको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
अरिंगालको टोकाईबाट महिलाको मृत्यु
सारांश
- सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने रामसुन्दर यादवकी २४ वर्षिया श्रीमती रमिलादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।
- मंगलबार दिउँसो खेतमा काम गर्न गएको बेला नजिकै रहेको रुखमा झुण्डिरहेको अरिंगालको गोलामा स्थानिय केही केटाकेटीले ढुंगा हानेका थिए ।
- ढुंगा हानेपछि उडेका अरिंगालहरुले खेतमा काम गर्दै गरेकी रमिला र उनका ससुरा सुरतलाललाई समेत टोकेपछि उपचारका लागि सोही गाउँपालिकास्थि युनिक अस्पताल लगिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया