सप्तरीमा ४८ को परिक्षण गर्दा  चिकित्सकसहित १७ जना संक्रमित

राजविराज राजविराज
|
मंगलबार, बैशाख १४, २०७८
|
|
५४ पटक हेरिएको
Shares
सप्तरीमा ४८ को परिक्षण गर्दा  चिकित्सकसहित १७ जना संक्रमित

सारांश

  •     स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ४८ जनाको परिक्षण गर्दा मंगलबार आएको रिपोर्टमा १७ जना संक्रमित भएको पुष्टि भएको हो ।
  •       योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ जसमध्ये दुई जना कोरोनाबाट निको भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार संक्रमण पुष्टि भएकाहरु मध्ये राजविराज नगरपालिकाका ६, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ तथा शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगपालिका, महदेवा गाउँपालिका, अग्निसाइर कृष्णसवरण गाउँपालिका र रुपनी गाउँपालिकाका एक/एक जना छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 
    सप्तरीमा मंगलबार एक चिकित्सकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
    स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ४८ जनाको परिक्षण गर्दा मंगलबार आएको रिपोर्टमा १७ जना संक्रमित भएको पुष्टि भएको हो । 
    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ जसमध्ये दुई जना कोरोनाबाट निको भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  
    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार संक्रमण पुष्टि भएकाहरु मध्ये राजविराज नगरपालिकाका ६, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ तथा शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगपालिका, महदेवा गाउँपालिका, अग्निसाइर कृष्णसवरण गाउँपालिका र रुपनी गाउँपालिकाका एक/एक जना छन् । 
    यस्तै १७ जनामा एक जना सिरहा गोलबजारका रहेका छन् । संक्रमित मध्ये चार महिला छन् । संक्रमित सबैलाई होम आइसोलेशनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
    दुई दिन अघि पनि गरिएको पिसीआर परिक्षणमा एकै टोलका ११ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यता कोरोना संक्रमितको संख्या जिल्लामा दिनानुदिन बढ्दै गएपछि स्थानियमा पुन: त्रास फैलिएको छ । 
    यसैबीच स्थानिय प्रशासनले कोरोना संक्रमण समुदायमा फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न सर्वसाधारणसम्ग आग्रह गरेको छ । सामाजिक दुरी, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि सम्मिलित टोली जिल्लाको विभिन्न स्थानमा खटिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?