दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्री र राज्यमन्त्रीहरुले राजिनामा दिएका छन् ।
मंगलवार मुख्यमन्त्री सरोज कुमार यादवसमक्ष सामुहिक राजिनामा बुझाएको एमालेका चार मन्त्री र एक राज्यमन्त्रीको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । एमाले मधेश प्रदेशमा २४ सांसद सहित प्रदेशको पहिलो दल रहेको छ ।
नेकपा एमालेका नेता एवं निवर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरूले नैतिकताका आधारमा राजीनामा दिएको बताए । राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्रीको सहजताका लागि आफूहरू सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताए ।
मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्री थिए ।
यता मुख्यमन्त्री यादवले अव कांग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागि हुने बताउदै उपनिर्वाचन पछि मात्र उनीहरुलाई कसरी सहभागि गराउने भन्ने विषयमा छलफल हुने बताए ।
बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।
एमालेको राजिनामा पछि खाली भएका मन्त्रालयहरुको जिम्मेवारी प्रदेश प्रमुख हरिशंकर मिश्रले तत्काल मुख्यमन्त्रीले नै सम्हाल्ने गरि जिम्मेवारी तोकेका छन् ।
मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले दिए राजिनामा
सारांश
- मंगलवार मुख्यमन्त्री सरोज कुमार यादवसमक्ष सामुहिक राजिनामा बुझाएको एमालेका चार मन्त्री र एक राज्यमन्त्रीको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् ।
- केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ ।
- एमाले मधेश प्रदेशमा २४ सांसद सहित प्रदेशको पहिलो दल रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया