दैनिक समाचारदाता
राजविराज, २० असार ।
बुधबार बिहानैदेखी परेको अविरल वर्षाका कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा परेको छ । अस्पताल परिसरमा पानी निकासको व्यवस्था नहुँदा अस्पताल डुवानमा परेको हो ।
अस्पताल डुबान हुँदा ओपीडी, एक्सरे र फार्मेसीमा पानी पसेको छ । जसकारण सेवा समेत प्रभावित भएको छ ।
वर्षाका कारण राजविराज ६ स्थित हुलाकी सडक खण्डमा पानी जमेको छ । यस्तै नगरका विभिन्न वडामा वर्षाको पानी घर घरमा पसेको छ । नालाको सफाई नहुँदा नलाबाट बग्ने पानी माथीबाटै बगेपछि घर घरमा पसेको हो ।
यस्तै अविरल वर्षाका कारण राजविराजसहित जिल्लाभरिका शैक्षिक संस्थाका पठनपाठन प्रभावित भएको छ भने जनजीवन प्रभाबित बनेको छ ।
बुधबार भएको वर्षाले धान रोपाइमा मद्दत पुगेको छ । जसले गर्दा किसानहरुले राहत महसुस गरेका छन् ।
यस्तै वर्षासँगै सप्तकोशी नदीमा बाढी आएको छ । बुधबार बिहान १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड पानीको बहाव १ लाख २६ हजार १६५ क्यूसेक रेकर्ड भएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । कूल ५६ वटा ढोका मध्ये १८ वटा ढोका खोलिएको छ ।
बिहानैदेखी भएको लगातारको वर्षाले जिल्लाका नदी, नाला, खोलाको जलस्तर बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सप्तकोसीको सहायक नदीहरुमा जलस्तर उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
सारांश
- अस्पताल डुबान हुँदा ओपीडी, एक्सरे र फार्मेसीमा पानी पसेको छ ।
- जसकारण सेवा समेत प्रभावित भएको छ ।
- वर्षाका कारण राजविराज ६ स्थित हुलाकी सडक खण्डमा पानी जमेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया