सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने

राजविराज राजविराज
|
शनिबार, माघ १४, २०७९
|
|
४२ पटक हेरिएको
Shares
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने

सारांश

  • आत्महत्या गरेका मरिकको परिवारको जिम्मा रहेको ऋण जनप्रतिनिधि मिलेर तिरिदिने गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
  • अध्यक्ष चौधरीले मृतकको छोराको जागिरका लागि पनि पहल गर्ने बताए ।
  • जनप्रतिनिधिले मरिकको परिवारलाई खाद्यान्न, क्रिया खर्च पनि उपलब्ध गराएका छन ।

राजविराज÷सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् ।
सहकारीको ऋण तिर्न नसकेको भन्दै गत मंगलबार छिन्नमस्ता २ बस्ने मरिकले झुन्डिएर आत्महत्या गरेका थिए ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधि शनिबार मरिकको घरमा पुगि उक्त आश्वासन दिएका हुन । 
आत्महत्या गरेका मरिकको परिवारको जिम्मा रहेको ऋण जनप्रतिनिधि मिलेर तिरिदिने गाउँपालिका अध्यक्ष चौधरीले बताए । अध्यक्ष चौधरीले मृतकको छोराको जागिरका लागि पनि पहल गर्ने बताए । जनप्रतिनिधिले मरिकको परिवारलाई खाद्यान्न, क्रिया खर्च पनि उपलब्ध गराएका छन ।
गत बैशाखमा २० वर्षीय जेठो छोरा राजकुमार मरिकको भारतबाट विवाह गरेका रामदेवले त्यसबेला गाउँमै ब्याजमा ऋण लिएका थिए । त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिला देवीलाई वित्तीय संस्थामा आबद्ध गराउँदै उर्मिला देवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ ।
हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको र किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।
तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको परिवारजनले बताएका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
हाइड्रोशिलको उपचार अब अंचल अस्पतालमै
हाइड्रोशिलको उपचार अब अंचल अस्पतालमै
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
फलामको बन्चरोसहित तीन भारतीय पक्राउ 
फलामको बन्चरोसहित तीन भारतीय पक्राउ 
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी
दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी