राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 

राजविराज राजविराज
|
शनिबार, माघ २०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 

सारांश

  •     एडमिसन त जसोतसो गराइयो, हरेरामकी आमा चन्द्रिकाले भनिन् – अब छोरालाई साढे पाँच वर्षको कोर्स पूरा गराउन काठमाडौँमा डेरा भाडामा लिइ राख्न, लान खुवाउन र पुस्तक खरिद लगायतको खर्च कसरी र कहाँबाट जुटाउने भन्ने चिन्ताले निन्द्रा हराएको छ ।
  •       आर्थिक अवस्था निकै कमजोर भएका कारण साढे ५ वर्ष काठमाडौँमा राखेर छोरालाई पढाउने अवस्था नरहेको उनको दुखेसो छ ।
  • बढी खर्च लाग्ने डाक्टर, इन्जिनियर, पाइलट लगायतका विषयमा नाम निकालेपछि केही पालिकाले गरिब, विपन्न र पिछिडिएका समुदायका विद्यार्थीलाई शुल्क तिरेर पढाउने गरेको राम परिवारले सुनेका छन् ।

    राजविराज÷एलानी जग्गामा फुसको झुप्रोमा बस्दै चौकमा चप्पल, जुत्ता सिउने र पोलिस लगाउने काम गरेर बृद्ध बुवा जोगेन्द्र राम र अर्काको खेतबारीमा ज्यालादारी गरेर आमा चन्द्रिकाले जोडेको रकमबाट स्कुल शिक्षा प्रारम्भ गरेका २१ वर्षिय हरेरामलाई डाक्टर बनाउ चाहन्छन् । 
    परिवारको नाममा एक टुक्रो जमिन समेत छैन् । हरेराम पढाईमा निकै अब्बल छन् । अध्ययनलाई निरन्तरता दिँदै हरेराम डाक्टर बन्न चाहन्छन् । यसको पहिलो खुडकिलो समेत उनले पार लगाएका छन् । तर, चिकित्सा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा ८ नम्बरमै नाम निकाल्न सफल हरेरामलाई अहिले काठमाडौँमा डेरा भाडामा लिई बस्न, खान, लाउन र पुस्तक खरिद गर्न लगायतका समस्याले पिरोलेको छ ।
    सप्तरीको महादेवा गाउँपालिका २ चक्ला निवासी रामपरिवार केही वर्ष यता हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनीहरूको परिवारको नाममा जमिन समेत छैन । एलानी जग्गामा फुसको झुप्रो बनाई बस्दै आएका राम परिवारका जेठो छोरा हरेराम चिकित्सा आयोगले हालै लिएको परीक्षामा ८ नम्बरमा नाम निकाल्न सफल भएका हुन् । उनी केही दिनअघि मात्र काठमाडौँस्थित आयुर्वेद क्याम्पस किर्तीपुरमा बिए एमएस (ब्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी)ंमा एडमिशन समेत गराइसकेका छन् । साढे पाँच वर्षको कोर्स रहेको बीए एमएस पढाइ यही २९ माघदेखि सुरु हुँदैछ । सो क्रममा एडमिसन वापत लागेको २२ हजार आमा चन्द्रिकाले गाउँकै एक साहु महाजनसँग हारगुहार गरी ऋण सापटी लिएकी छिन् । 
    एडमिसन त जसोतसो गराइयो, हरेरामकी आमा चन्द्रिकाले भनिन् – अब छोरालाई साढे पाँच वर्षको कोर्स पूरा गराउन काठमाडौँमा डेरा भाडामा लिइ राख्न, लान खुवाउन र पुस्तक खरिद लगायतको खर्च कसरी र कहाँबाट जुटाउने भन्ने चिन्ताले निन्द्रा हराएको छ । 
    आर्थिक अवस्था निकै कमजोर भएका कारण साढे ५ वर्ष काठमाडौँमा राखेर छोरालाई पढाउने अवस्था नरहेको उनको दुखेसो छ । बढी खर्च लाग्ने डाक्टर, इन्जिनियर, पाइलट लगायतका विषयमा नाम निकालेपछि केही पालिकाले गरिब, विपन्न र पिछिडिएका समुदायका विद्यार्थीलाई शुल्क तिरेर पढाउने गरेको राम परिवारले सुनेका छन् । 
    कुनै पालिकाले पूर्ण त केही पालिकाले आंशिक शुल्क तिरेर त्यस्ता विद्यार्थीहरूलाई पढाउने गरेको सुनेपछि नगरपालिकामा पुगेर सहयोग माग्दा पनि आश्वासन मात्र पाइएको हरेरामका बुवा जोगेन्द्रले सुनाए । प्रतिकूल परिस्थिति र वातावरणको सामना गर्दै भविष्यमा केही बनौँ र गरौं भन्ने सोच लिएर अघि बढेका छोरालाई सहयोग गरिदिन उनले सबैसँग आग्रह समेत गरेका छन् ।
    चप्पल, जुत्ता सिलाई र पोलिस गरेर भएको आम्दानीबाट घर खर्च कटाएर छोरालाई यहाँसम्म पु¥यायौं । उनले भने,– अब त शरीरले पनि साथ दिन छोडेकाले थप रकमको व्यवस्था गर्न तनाव र समस्यामा परेका छौं । 
    उनले कुनै संघसंस्था वा व्यक्तिले सहयोग गरे छोराको पढाइ अगाडि बढ्ने र आफूहरूको चाहना पूरा हुने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
प्रेस युनियनबाट पत्रकार महासंघमा नवनिर्वाचितलाई काँग्रेसद्वारा सम्मान
प्रेस युनियनबाट पत्रकार महासंघमा नवनिर्वाचितलाई काँग्रेसद्वारा सम्मान
खाद्य स्वच्छताका लागि सचेतना 
खाद्य स्वच्छताका लागि सचेतना 
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने