राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 

राजविराज राजविराज
|
शनिबार, माघ २०, २०८०
|
|
६७ पटक हेरिएको
Shares
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 

सारांश

  •     एडमिसन त जसोतसो गराइयो, हरेरामकी आमा चन्द्रिकाले भनिन् – अब छोरालाई साढे पाँच वर्षको कोर्स पूरा गराउन काठमाडौँमा डेरा भाडामा लिइ राख्न, लान खुवाउन र पुस्तक खरिद लगायतको खर्च कसरी र कहाँबाट जुटाउने भन्ने चिन्ताले निन्द्रा हराएको छ ।
  •       आर्थिक अवस्था निकै कमजोर भएका कारण साढे ५ वर्ष काठमाडौँमा राखेर छोरालाई पढाउने अवस्था नरहेको उनको दुखेसो छ ।
  • बढी खर्च लाग्ने डाक्टर, इन्जिनियर, पाइलट लगायतका विषयमा नाम निकालेपछि केही पालिकाले गरिब, विपन्न र पिछिडिएका समुदायका विद्यार्थीलाई शुल्क तिरेर पढाउने गरेको राम परिवारले सुनेका छन् ।

    राजविराज÷एलानी जग्गामा फुसको झुप्रोमा बस्दै चौकमा चप्पल, जुत्ता सिउने र पोलिस लगाउने काम गरेर बृद्ध बुवा जोगेन्द्र राम र अर्काको खेतबारीमा ज्यालादारी गरेर आमा चन्द्रिकाले जोडेको रकमबाट स्कुल शिक्षा प्रारम्भ गरेका २१ वर्षिय हरेरामलाई डाक्टर बनाउ चाहन्छन् । 
    परिवारको नाममा एक टुक्रो जमिन समेत छैन् । हरेराम पढाईमा निकै अब्बल छन् । अध्ययनलाई निरन्तरता दिँदै हरेराम डाक्टर बन्न चाहन्छन् । यसको पहिलो खुडकिलो समेत उनले पार लगाएका छन् । तर, चिकित्सा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा ८ नम्बरमै नाम निकाल्न सफल हरेरामलाई अहिले काठमाडौँमा डेरा भाडामा लिई बस्न, खान, लाउन र पुस्तक खरिद गर्न लगायतका समस्याले पिरोलेको छ ।
    सप्तरीको महादेवा गाउँपालिका २ चक्ला निवासी रामपरिवार केही वर्ष यता हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनीहरूको परिवारको नाममा जमिन समेत छैन । एलानी जग्गामा फुसको झुप्रो बनाई बस्दै आएका राम परिवारका जेठो छोरा हरेराम चिकित्सा आयोगले हालै लिएको परीक्षामा ८ नम्बरमा नाम निकाल्न सफल भएका हुन् । उनी केही दिनअघि मात्र काठमाडौँस्थित आयुर्वेद क्याम्पस किर्तीपुरमा बिए एमएस (ब्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी)ंमा एडमिशन समेत गराइसकेका छन् । साढे पाँच वर्षको कोर्स रहेको बीए एमएस पढाइ यही २९ माघदेखि सुरु हुँदैछ । सो क्रममा एडमिसन वापत लागेको २२ हजार आमा चन्द्रिकाले गाउँकै एक साहु महाजनसँग हारगुहार गरी ऋण सापटी लिएकी छिन् । 
    एडमिसन त जसोतसो गराइयो, हरेरामकी आमा चन्द्रिकाले भनिन् – अब छोरालाई साढे पाँच वर्षको कोर्स पूरा गराउन काठमाडौँमा डेरा भाडामा लिइ राख्न, लान खुवाउन र पुस्तक खरिद लगायतको खर्च कसरी र कहाँबाट जुटाउने भन्ने चिन्ताले निन्द्रा हराएको छ । 
    आर्थिक अवस्था निकै कमजोर भएका कारण साढे ५ वर्ष काठमाडौँमा राखेर छोरालाई पढाउने अवस्था नरहेको उनको दुखेसो छ । बढी खर्च लाग्ने डाक्टर, इन्जिनियर, पाइलट लगायतका विषयमा नाम निकालेपछि केही पालिकाले गरिब, विपन्न र पिछिडिएका समुदायका विद्यार्थीलाई शुल्क तिरेर पढाउने गरेको राम परिवारले सुनेका छन् । 
    कुनै पालिकाले पूर्ण त केही पालिकाले आंशिक शुल्क तिरेर त्यस्ता विद्यार्थीहरूलाई पढाउने गरेको सुनेपछि नगरपालिकामा पुगेर सहयोग माग्दा पनि आश्वासन मात्र पाइएको हरेरामका बुवा जोगेन्द्रले सुनाए । प्रतिकूल परिस्थिति र वातावरणको सामना गर्दै भविष्यमा केही बनौँ र गरौं भन्ने सोच लिएर अघि बढेका छोरालाई सहयोग गरिदिन उनले सबैसँग आग्रह समेत गरेका छन् ।
    चप्पल, जुत्ता सिलाई र पोलिस गरेर भएको आम्दानीबाट घर खर्च कटाएर छोरालाई यहाँसम्म पु¥यायौं । उनले भने,– अब त शरीरले पनि साथ दिन छोडेकाले थप रकमको व्यवस्था गर्न तनाव र समस्यामा परेका छौं । 
    उनले कुनै संघसंस्था वा व्यक्तिले सहयोग गरे छोराको पढाइ अगाडि बढ्ने र आफूहरूको चाहना पूरा हुने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला हत्यामा संलग्न चार पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी