दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ शम्भुनाथ आयल ट्रेड सेन्टर छेउमा बिहीबार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा.१५च. ९००३ न.को कारले बिपरित दिशाबाट आउदै गरेको स.६प.२१८६ न.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षिय पुरनधर चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएका चौधरीलाई उपचारका लागि युनिक अस्पताल रुपनीमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले कारचालक मोरङको विराटनगर ११ निवासी ४५ वर्षिय छत्र प्रसाद लुईटेललाई कारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा.
- १५च.
- ९००३ न.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया