मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 

राजविराज राजविराज
|
सोमबार, चैत्र २७, २०७९
|
|
७६ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 

सारांश

  •     जिल्लाको सुरुङगा नगरपालिका ५ कुशाह जैनिस अस्पतालस्थित पुर्वपश्चि राजमार्गमा आइतबार मोटरसाइकलले स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक महिला र उनको ८ वर्षिय छोरा घाइते भएका छन् ।
  •       पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्र.
  • ३–०२–००८प.

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 

    सप्तरीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार जना घाइते भएका छन् । 
    जिल्लाको सुरुङगा नगरपालिका ५ कुशाह जैनिस अस्पतालस्थित पुर्वपश्चि राजमार्गमा आइतबार मोटरसाइकलले स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक महिला र उनको ८ वर्षिय छोरा घाइते भएका छन् । 
    पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्र.३–०२–००८प.५६१६ नं. को मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको प्र.२–०१–००१ प.८९६१ न. को स्कुटिलाई ठक्कर दिँदा स्कुटि चालक २६ वर्षिया पुष्पा चौधरी र पछाडि सवार ८ वर्षिय छोरा हारसय चौधरी घाइते भएको प्रहरीले जनाएको छ । 
    घाइते दुबैको सप्तऋषि अस्पताल लाहानमा उपचार भइरहेको तथा मोटरसाइकल चालक सोही नगररपालिका ७ पोखरिया निवासी १८ वर्षिय सन्तोष साहलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै आइतबारै हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियामा स.९प.८५७ नं.को मोटरसाइकलले ३३ वर्षिया रामकुमारी मुखियालाई ठक्कर दिएको छ । सो ठक्करबाट उनको टाउको र ढाडमा चोट लागेकोले छिनमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ । 
    प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई फरार रहेका चालक छिन्नमस्ता ४ लालापट्टि निवासी १५ वर्षिय शंकर यादवको खोजतलास गरिरहेको जनाएको छ । 
    यसैगरि आइतबारै शम्भुनाथ १२ मा को.३५प.२४९८ नं. को मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा चालक २४ वर्षिय श्याम सरदार घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पताल  राजबिराजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
स्व. विपी कोइरालाको सम्झना 
स्व. विपी कोइरालाको सम्झना 
शौचालयमा बन्दी मृत फेला 
शौचालयमा बन्दी मृत फेला 
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
सुरुङ्गा वडा नं. ५ र १० वालबिवाह मुक्त वडा घोषणा
सुरुङ्गा वडा नं. ५ र १० वालबिवाह मुक्त वडा घोषणा
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता