दैनिक समाचारदाता
राजविराज, १० असार ।
भाउजुलाई पेट्रोल छर्कि आगो लगाएर हत्या गरेको आरोपमा देवर कारागार चलान भएका छन् ।
शुक्रवार जिल्ला अदालत सप्तरीको आदेशले देवर परमेश्वर साह कारागार चलान भएका हुन् । न्यायाधिश रिता कुमारी बखरेलको इजलाशले परमेश्वरलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
सप्तरीको बोदेवसाईन नगरपालिका १ निवासी २२ वर्षिय परमेश्वरले २०७८ साल माघ १० गते घरायसी विवादमा आफ्नै भाउजु २६ वर्षिया राजकुमारीलाई जलाएर हत्या गरी फरार थिए । प्रहरीले गत जेठ १५ गते उनलाई गाउँमै लुकी वसेको अवस्थामा पक्राउ गरेको थियो ।
भाउजुले आफु विरुद्ध दाजु रविनलाई उक्साउने गरेको रिसमा परमेश्वरले खाना पकाउदै गरेको अवस्थामा भाउजुमाथी भान्सा कोठामै पुगी पेट्रोल छर्कि आगो लगाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । आगोले शरिरको अधिकाँश भाग जलेको राजकुमारीको घट्नाको भोली पल्ट उपचारको क्रममा मृत्यु भएको थियो ।
कतब्र्य ज्यानको उक्त मुद्दामा नेपाल सरकारको तर्फबाट सहायक न्यायधिवक्ता मुकुन्द कुमार रेग्मी एवं जाहेरवाला पीडित पक्षको तर्पmबाट प्रदेश कानुन अधिकृत किरण कुमारी साहले बहस पैरवी गरेकी थिइन ।
यस्तै प्रतिवादी परमेश्वरको तर्फबाट अधिवक्ता वालकिशोर यादव र विमल साहले बहस गरेका थिए । पीडित पक्षलाई अधिवक्ता किरण कुमारी साहले निशूल्क कानुनी साहयता समेत प्रदान गरेकी छिन ।
मृत्यु हुनु केही बेर अघि उनले अस्पतालमा प्रहरीलाई देवर परमेश्वरले अचानक पछाडीबाट आइ पेट्रोल छर्की आगो लगाएको बयान दिएकी थिइन । घट्नाका बेला आमा संगंै रहेकी ३ वर्षिया छोरी आरतीले पनि परमेश्वर अंकलले पेट्रोल छर्कि आमालाई आगो लगाएको बताएकी थिइन ।
भाउजुलाई जलाएर मारेको आरोपमा देवर कारागार चलान
सारांश
- शुक्रवार जिल्ला अदालत सप्तरीको आदेशले देवर परमेश्वर साह कारागार चलान भएका हुन् ।
- न्यायाधिश रिता कुमारी बखरेलको इजलाशले परमेश्वरलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
- सप्तरीको बोदेवसाईन नगरपालिका १ निवासी २२ वर्षिय परमेश्वरले २०७८ साल माघ १० गते घरायसी विवादमा आफ्नै भाउजु २६ वर्षिया राजकुमारीलाई जलाएर हत्या गरी फरार थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया