किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 

राजविराज राजविराज
|
बुधबार, कार्तिक ५, २०७७
|
|
२० पटक हेरिएको
Shares
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 

सारांश

  •     शुद्ध पिउने पानी भनेर बोतलमा उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहर लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही गर्न माँग गरेका छन् ।
  •       सप्तरीको शम्ुभनाथ नगरपालिका ५ मोहनपुरमा रहेको बिरेन्द्र सन्स फुड एण्ड ब्रेभेज उद्योगद्वारा उत्पादित भई बिक्रि बितरणका लागि राजविराज पठाएका प्राय बोतलमा फोहर लेदो र किरा फेला परेको उपभोक्ताले बताएका छन् ।
  •       पसलमा बिक्रिका लागि पठाइएका एकुवा प्रशोधित सिलप्याक बोतलको पानीमा किरा र लेदो भएकाले उत्पादन बन्द गराउन उपभोक्ताका तर्फबाट राजविराज नगरपालिकाका पूर्वमेयर महिदेव चौधरीले माग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक । 
    अहिले चाडपर्वको बेला सप्तरीमा बजार अनुगमन टोलीले खाद्य बस्तुहरुको अनुगमन गरिरहँदा सिलप्याक गरिएको पानीको बोतलमा किरा र लेदो भेटिएको छ । उक्त फोहर र किरायुक्त पानी खाँदा दुई जना बिरामी समेत परेका छन् ।
    शुद्ध पिउने पानी भनेर बोतलमा उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहर लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही गर्न माँग गरेका छन् । 
    सप्तरीको शम्ुभनाथ नगरपालिका ५ मोहनपुरमा रहेको बिरेन्द्र सन्स फुड एण्ड ब्रेभेज उद्योगद्वारा उत्पादित भई बिक्रि बितरणका लागि राजविराज पठाएका प्राय बोतलमा फोहर लेदो र किरा फेला परेको उपभोक्ताले बताएका छन् । 
    पसलमा बिक्रिका लागि पठाइएका एकुवा प्रशोधित सिलप्याक बोतलको पानीमा किरा र लेदो भएकाले उत्पादन बन्द गराउन उपभोक्ताका तर्फबाट राजविराज नगरपालिकाका पूर्वमेयर महिदेव चौधरीले माग गरेका छन् । उनले शुद्ध पिउने पानीको नाममा उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने फोहर पानी उत्पादन गरि बिक्रि गर्ने कम्पनीलाई तत्काल कारवाही गर्न माँग गरेका हुन् । 
    उनले आफ्ना भाई सूर्यदेव चौधरीलाई तिर्खा लागेपछि शुक्रबार बजारमा सोही ब्रान्डको पानी खरीद गरि खाँदा अचानक बेहोस भई लडेको र अहिले बिराटनगरस्थित सप्तकोशी अस्पतालमा भर्ना रहेको जानकारी दिएका छन् । 
    यस्तै राजविराज ६ का अरुणकुमार देवले ६ दिन अघि तिर्खा लागेर नेता चौकस्थित एक पसलबाट प्रशोधित पानी भनेर ब्रान्डिङ गरेको सिलप्याक एकुवा बोतल किनेर पिउने क्रममा किरा, लेउ र लेदो भेटिएको सुनाए । उनले हतारहतारमा पानी खाएको र मुखको स्वाद बिग्रिएपछि बोतलभित्र हेर्दा किरा तैरिरहेको देखेको सुनाए । बोतलमा लेदो र किरा फेला परेपछि पसलका अन्य बोतल पनि चेक गर्दा सिलप्याक गरिएका अन्य चार बोतलमा पनि लेदो फेला परेको उनले बताए । 
    उनले सोही पान्ी पिउँदा आफू पनि बिरामी भई चार दिनसम्म गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना रहेको सुनाए । 
    उत्पादक कम्पनीका संचालक दिनेश चौधरीसँग जिज्ञासा राख्दा हजारौं बोतल प्याक गर्दा केहीमा भुलवस त्यस्तो हुन गएको गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । उनले कोरोनाको जोखिमका कारण प्रशोधित पानी बोतलभित्र प्याक गर्दा कामदारले हातमा ग्लब्स लगाउने गरेको र सोही कारणले किरा र लेदो यकिन गर्न समस्या भएको बताए । 
    यसबारे किरायुक्त सिलप्याक बोतल लिएर यहाँस्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजमा सम्पर्क गर्दा कार्यालय प्रमुख सुरेश सिंहले उत्पादक कम्पनीलाई आवश्यक कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन