राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन

राजविराज राजविराज
|
शनिबार, कार्तिक १९, २०७९
|
|
४२ पटक हेरिएको
Shares
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन

सारांश

  •     उनले अस्पतालमा विराटनगर आँखा अस्पतालका पुर्व निर्देशक तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.
  • संजय कुमार सिंह, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.
  • रोहित सैजु र डा.

    राजविराज÷राजविराजमा शनिवार अत्याधुनिक प्रविधि र सुविधासहितको पन्ध्र शैय्याको सगरमाथा आँखा अस्पताल प्रा.लि. संचालनमा आएको छ । 
    उक्त अस्पतालको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख ईसरव प्रवीणले उद्घाटन गरेकी छिन् । सो अवसरमा उनले अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित उपकरण र विशेषज्ञहरुको टोलीबाट एकै थलोमा आँखा सम्बन्धि सबै खाले रोगको उपचार सेवा उपलब्ध हुनु यस भेगका जनताका लागि अति खुशीको कुरा भएको बताइन ।
    सो अवसरमा अस्पतालका प्रबन्धक अफाक अनवरले अस्पतालमा आँखा सम्बन्धि सबै खाले रोगको विशेषज्ञ चिकित्सक टोली तथा प्रविधियुक्त मेसिनबाट सस्तो र स्तरीय उपचार सेवा प्रदान गरिने जानकारी दिएका छन् । भिजन परिक्षण, मोतियाबिन्दु, जलबिन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुल प्लाष्टि, आँखाको नानी प्रत्यारोपन देखि आँखाको जटिल प्रकृतिका सबैखाले शल्यक्रिया र रोगको उपचार यस अस्पतालमा गरिने उनले बताए । 
    उनले अस्पतालमा विराटनगर आँखा अस्पतालका पुर्व निर्देशक तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. संजय कुमार सिंह, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रोहित सैजु र डा. गोविन्द पौडेल सहितको चिकित्सक टोलीले नियमित उपचार सेवा प्रदान गर्ने जानकारी दिए ।
    आफुले विगत एक दशकदेखि बिराटनगर र काठमाडौंस्थित विभिन्न आँखा अस्पतालमा यही पेशा अँगालेको अनुभवले यस्तो आट गरेको उनको भनाई छ । 
    अस्पतालले नेत्र विशेषज्ञको अभावलाई पूर्ति गर्न नेपाल तथा भारतको नेत्र चिकित्सकको लागि फेलोसिप प्रोग्राम तथा पारामेडिकलका लागि प्राथमिक लेभलको ‘आँखा स्वास्थ्य कार्यकर्ता’ जस्ता छोटो अवधिको तालिमहरु संचालन गरेर जनशक्ति उत्पदानमा जोड दिने गुरुयोजना समेत तयार पारेको जनाएको छ । राजविराजमै यति ठूलो लगानी र प्रविधिबाट संचालनमा आएको यो पहिलो अस्पताल भएको संचालकको दावी छ ।
    अधिकांश नागरिक स्वास्थ्य उपचारका लागि धरान, विराटनगर तथा छिमेकी राष्ट्र भारतको विभिन्न सहरमा पुग्ने गरेका छन् । तर यस अस्पताल संचालनमा आएपछि अन्यन्त्र जानु पर्ने राजविराज र आसपासका नागरिकको समस्या अब टरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?