थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत

राजविराज राजविराज
|
मंगलबार, माघ १, २०७५
|
|
६२ पटक हेरिएको
Shares
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत

सारांश

  •     थारू कल्याणकारी सभा सप्तरीद्वारा मंगलबार जिल्लाको सुरुङ्गा नगरपालिकास्थित कुशहामा éस्आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भाषा, संस्कृति र पहिचानका लागि थारू समुदायले मुलुकमा अधिकारका लागि अझ संघर्षरत रहनुपर्ने बताएका हुन् ।
  •     प्रदेश २ मा थारुहरुको जनसंख्याको आधारमा आरक्षण पाउने भन्दै उनले थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकार हदैसम्म सहयोग गर्ने विश्वास समेत दिलाए ।
  •       “बेटी बचाऊ, बेटी पढाऔ”ं अभियान ल्याएको स्मरण गराउँदै मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षदेखी जन्म हुने प्रत्येक छोरीका लागि ५ लाखको बीमा गर्ने प्रतिबद्धता जनाए ।

चन्दन यादव
राजविराज, १ माघ । 
    प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले थारूहरूको भाषा, संस्कृती, पहिचानलाई स–सम्मानका लागि अझ संघर्ष गर्नुपर्ने बताएका छन् । थारु समुदायले राजनीतिक परिवर्तनका लागि गरेको योगदानप्रति प्रदेश सरकारले उच्च मुल्याङ्कन गर्ने समेत बताए । 
    थारू कल्याणकारी सभा सप्तरीद्वारा मंगलबार जिल्लाको सुरुङ्गा नगरपालिकास्थित कुशहामा éस्आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भाषा, संस्कृति र पहिचानका लागि थारू समुदायले मुलुकमा अधिकारका लागि अझ संघर्षरत रहनुपर्ने बताएका हुन् ।
    प्रदेश २ मा थारुहरुको जनसंख्याको आधारमा आरक्षण पाउने भन्दै उनले थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकार हदैसम्म सहयोग गर्ने विश्वास समेत दिलाए । 
    “बेटी बचाऊ, बेटी पढाऔ”ं अभियान ल्याएको स्मरण गराउँदै मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षदेखी जन्म हुने प्रत्येक छोरीका लागि ५ लाखको बीमा गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मुलुकलाई भ्रष्टचार मुक्त बनाउन सबैले सुशासनको पालना गरे मात्र प्रदेश समृद्धीतर्फ उन्मूख हुनेछ ।”


    सो अवसरमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले प्रदेश २ मा थारूको जनसंख्याको बाहुल्यता भएपनि थारूलाई प्रदेश सरकारमा सम्मानजन मन्त्री पद समेत नदिनु थारूप्रति विभेद गरेको आरोप लगाए । उनले प्रदेश २ को स्थानिय निकायमा व्यापक भ्रष्टाचार भईरहे पनि स्थानिय सरकार मौन रहेको भन्दै यसलाई नियन्त्रण गर्न मुख्यमन्त्रीलाई आग्रह समेत गरे ।
    सासंद चौधरीले प्रदेश २ लाई भ्रष्टाचार मुक्त प्रदेश र रक्सी बिक्री बितरण मुक्त घोषणा गर्नुपर्ने मुख्यमन्त्री राउत समक्ष माँग गरे ।
    सो अवसरमा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य दिलकुमारी चौधरीले मैथिली, भोजपुरी भाषा सरह सरकारी कामकाजको भाषामा थारू भाषालाई पनि समाबेश गरी थारू भाषा संस्कृतिकको संरक्षण गर्नेपर्नेमा माँग गरिन् ।


    थारू कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा आयोजित महोत्सवमा प्रदेश सांसद गोबिन्द न्याौपाने, रूबी कर्ण, सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरी, बलान बिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोईत, लहान नगरपालिका उपप्रमुख सरियार चौधरी, अग्नीसाईरकृष्णा संवरण गाँउपालिका अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य बिरेन्द्र चौधरी, जयराम पंजियार, पुर्व केन्द्रीय सदस्य रामबति चौधरी, थारू भाषा साहित्य केन्द्रका भुलाई चौधरी, सुरूङ्गा ४ का अध्यक्ष देबेन्द्र प्रसाद चौधरीलगायतले थारूको हकअधिकारको ग्यारेन्टी सँगै उनीहरूको समस्या वारेमा मुख्यमन्त्रिलाई ध्यानआकर्षण गराएका थिए ।


    यसअघि “अपन भाषा, अपन संस्कृतिक पहिचान” को मूल नाराका साथ थारू समुदायले पहिचान झल्काउने, संस्कृतिकको जगेर्ना गर्ने उद्देश्यले बिभिन्न कार्यक्रम गरी माघी महोत्सव मनाएको छ । माघी संक्रान्तीको अवसरमा सूरूङा ५ स्थित कुशहामा थारू पहिरन, विभिन्न ठाँउवाट आएका झाँकी प्रदर्शन, थारू संस्कृति प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम तथा थारू संस्कृतिक झल्किने खालको स्टलहरू प्रदर्शन गरिएको थियो ।
    सो अवसरमा मुख्यमन्त्रि राउतलाई सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरीले थारूको पहिरन झल्किने पगडी र बुद्धको मुर्ती मायोको चिनोवाट सम्मान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु