दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
न्यायका लागि एक दम्पत्ति बिहीबार जिल्ला अदालत सप्तरी अगाडी अनसनमा बसेका छन् ।
राजविराज वडा नं. ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती आंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै अदालतको मूल गेट अगाडी बिहान १० बजेदेखी अनसनमा बसेका हुन् ।
अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उमेश प्रसाद साह भएको २०६३ सालको सा.देन. २३४३ को अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४–४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको भन्दै बाध्य भई अनसनमा बस्नु परेको दिनेश साहले जानकारी दिए ।
जिल्ला अदालतका न्ययाधिश डा. राजेन्द्र कुमार आचार्यद्वारा २०७९ असोज ६ गते जारि आदेशमा “२०६४ सालको फैसला हालसम्म कार्यान्वयन नहुनु भनेको न्यायको रोहमा अस्वभाविक अवस्था हो ।” उल्लेख छ ।
सोही आदेशमा “आफूले तिर्नु बुझाउनु पर्ने विषयमा समयमै बुझाएर फरफारक गर्नु प्रतिवादीको समेत कर्तवय रहेको छ । आफू पीडकको अवस्थामा रहेकोमा पीडितलाई न्यायालयको फैसला सम्मान गरेर समय मै कार्यसम्पन्न गर्नु पर्नेमा सो नगरि यो वा त्यो वहानामा फैसला कार्यान्वयनमा घिङ्न्याई गर्न खोज्नाले न्यायलयप्रतिको जनआस्थामा समेत आँच आउने विषय रहेको छ ।”
“फैसला कार्यान्वयनको प्रक्रियामा दोश्रो पटक चलन आउने कार्यले यी प्रतिवादीको कार्य व्यवहार सही छ भनेर भन्न सकिने अवस्था देखिएन । न्यायलयले चलनका कारवाहीका क्रममा जारी सूचनाहरुमा सानोतिनो झिनामसिना कुराहरु खोजेर समग्र फैसला कार्यान्वयनमा अवरोध गर्न खोज्नु शोभनिय कार्य होइन ।” आदेशमा भनिएको छ ।
त्यस्तै आदेशमा “यस अदालतबाट फैसला कार्यान्वयन तथा चलनका सम्बन्धमा भएको काम कारवाहीमा बेरितको सूचना बदर गर्न भनि प्रस्तुत गरेको निवेदनमा यस अदालतका तहसिलदारले मिति २०७९÷३÷२७ मा गरेको आदेशमा कुनै त्रृटी नदेखिदा सो आदेश बदर गर्नु पर्ने अवस्था देखिएन्, आदेश सदर हुन्छ । फैसला कार्यान्वयनको क्रममा ढोका ताल्चा समेत खोली फोडी जे जो गर्नु पर्ने गरि फैसला कार्यान्वयन गर्नु ।” भनिएको छ ।
यसैबीच अनसनमा बसेका साह दम्पत्तिलाई जिल्ला अदालतका न्ययाधिशहरुले अनसन तोडेर अदालतको फैसलाको सम्मान गर्न आग्रह गरेपछि दिउँसो उनीहरु उच्च अदालत जनकपुर राजविराज अगाडी अनसनलाई निरन्तरता दिएका थिए । तर त्यहा पनि उच्च अदालतका न्यायधिशहरुले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए ।
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
सारांश
- राजविराज वडा नं.
- ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती आंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै अदालतको मूल गेट अगाडी बिहान १० बजेदेखी अनसनमा बसेका हुन् ।
- अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उमेश प्रसाद साह भएको २०६३ सालको सा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया