होली परम्परा धान्दै मारवाडी समुदाय

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
१९ पटक हेरिएको
Shares
होली परम्परा धान्दै मारवाडी समुदाय

सारांश

  •     तराई मधेशमा एक आपसमा रंगअबिर खेल्दै मनाइने उत्साह र उमंगको पर्व होलीको रौनकता घट्दै गएको बेला मारवाडी समुदायले यस्तो अग्रसरता देखाएका हुन् ।
  •       मारवाडी युवा मञ्चका केन्द्रिय सदस्य समेत रहेका बिसान्त जैनले भने, “बढ्दो महंगी र व्यवसायिक मन्दीका कारण हरेक चाड पर्व फिक्का हुन लागेको छ, निरासालाई उत्साहमा परिणत गर्न र परम्परालाई जोगाइ राख्न पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं ।
  • ”      मारवाडी यूवा अगुवा उज्जवल काबराले होलीमा उत्साह जगाउन आफूहरु समूह बनाएर होली गित गाउँदै होलीको स्वागतमा लागेको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    होली पर्वमा उत्साह बढाउन राजविराजका मारवाडी समुदायले विगतमा होली आगमनको दुई÷तीन दिन अघिदेखी नै राजविराजको मुख्य बजार क्षेत्रमा ढोलसहित गाउने गरेको गित र नाचगान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छन् । 
    तराई मधेशमा एक आपसमा रंगअबिर खेल्दै मनाइने उत्साह र उमंगको पर्व होलीको रौनकता घट्दै गएको बेला मारवाडी समुदायले यस्तो अग्रसरता देखाएका हुन् । 
    मारवाडी युवा मञ्चका केन्द्रिय सदस्य समेत रहेका बिसान्त जैनले भने, “बढ्दो महंगी र व्यवसायिक मन्दीका कारण हरेक चाड पर्व फिक्का हुन लागेको छ, निरासालाई उत्साहमा परिणत गर्न र परम्परालाई जोगाइ राख्न पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं ।” 
    मारवाडी यूवा अगुवा उज्जवल काबराले होलीमा उत्साह जगाउन आफूहरु समूह बनाएर होली गित गाउँदै होलीको स्वागतमा लागेको सुनाए । मारवाडी समुदायका युवाहरु अहिले राती ८ बजेतिर समूह बनाएर होली गित गाउँदै बजारको मुख्य चौकमा नाचगान गर्दै होली आगमनको प्रतिक्षा गरिरहेको मारवाडी यूवा मञ्च राजविराजका अध्यक्ष होमेश काबराले बताए । 
    फागु अर्थात होली पर्व यस वर्ष पहाडमा बिहीबार र तराई मधेशका जिल्लामा शुक्रबार परेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा लाखौंको क्षति
आगलागिमा लाखौंको क्षति
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ