राजविराज/सप्तकोशी नदीमा हामफालेर शनिबार एक युवा वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सप्तरी–सुनसरीको बीच सीमामा पर्ने सप्तकोशी नदीमा शनिबार बिहान ११ बजेतिर हामफालेर सुनसरी घर भएका अन्दाजी २२/२३ वर्षिय तिलक दाहाल वेपत्ता भएका हुन् ।
उनी चढी आएका को.३६प. ९२५५ नम्बरको मोटरसाइकल कोशी ब्यारेज किनारमै राखी अचानक सप्तकोशी नदीमा हामफालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डिएसपी काफ्लेले बताए ।
घटनाबारे थाहा पाएलगत्तै गोताखोर टोली परिचालन गरि खोजिकार्य सुरु गरिएको उनको भनाई छ ।
यसअघि गत बुधबार जिता नदीको बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षि लालु भन्ने दिपेन्द्र मण्डलको अवस्था अझै अज्ञात छ ।
सप्तकोशीमा हामफालेर एक यूवा वेपत्ता
सारांश
- घटनाबारे थाहा पाएलगत्तै गोताखोर टोली परिचालन गरि खोजिकार्य सुरु गरिएको उनको भनाई छ ।
- यसअघि गत बुधबार जिता नदीको बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षि लालु भन्ने दिपेन्द्र मण्डलको अवस्था अझै अज्ञात छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया