तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने

राजविराज राजविराज
|
बिहिबार, आषाढ १०, २०७८
|
|
२१ पटक हेरिएको
Shares
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने

सारांश

  • कोभिडको कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्‍याउने उद्देश्यले विहिबार प्रस्तुत तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पाँचौं गाउँ सभामा सो सहयोग दिने जनाइएको छ ।
  •   गाउँपालिकाको आ.
  • व.

दैनिक समाचारदाता
राजविराज, १० असार । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोभिडको कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकालाई प्राथमिक शिक्षा अध्ययनको लागि शैक्षिक सहयोग स्वरुप मासिक एक हजार रुपैया दिने भएको छ । 
कोभिडको कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्‍याउने उद्देश्यले विहिबार प्रस्तुत तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पाँचौं गाउँ सभामा सो सहयोग दिने जनाइएको छ । 

गाउँपालिकाको आ.व.०७८/०७९ को कुल बजेट ४३ करोड १६ लाख ७७ हजार७ सय ५० रुपैयाँ ८० पैसाको बजेट प्रस्तुत गरेको छ । कुल बजेटको चालु तर्फ २५ करोड २० लाख ७७ हजार ७ सय ५० रुपैयाँ ८० पैसा र पूँजिगत तर्फ १७ करोड ९६ लाख रुपैयाँ रहेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ५० लाख रुपैयाँ प्रक्षेपण गरिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । 
    कूल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १२ करोड १४ लाख र सशर्त अनुदानतर्फ १८ करोड ६९ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ७९ लाख ७० हजार रुपैयाँ,  पूँजीगततर्फ समपुरक अनुदान ३ करोड १३ लाख रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ८२ लाख ४० हजार, राजस्व बाँडफाँडबाट ३० लाख १७ हजार ७ सय ५० रुपैयाँ ८० पैसा, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख तथा युनिसेफबाट ३५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।
आयोजित गाउँ सभामा विद्यालय स्वास्थ्य पोषण कार्यक्रमलाई आधारभूत तहको विद्यालयबाटै कार्यान्वयन गरिने, माध्यमिक विद्यालयमा अध्ययनरत आइरन चक्की र जुकाको औषधि वितरण गर्ने गरिएकोमा आर्थिक बर्ष २०७८/०७९ देखि आधारभूत तहका विद्यालयमा अध्ययनरत १० देखि १९ बर्षका बालिकालाई समेत आइरन चक्की र जुकाको औषधि वितरण गरिने गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।
    त्यस्तै विद्यालयमा अध्ययनरत बालबालिकाको दाँत, मुख, नाक, कान तथा आँखाको परीक्षण गर्ने, सामुदायिक विद्यालयमा हाल कायम रहेको शिक्षकको अभाव पूर्तिका लागि आगामी आर्थिक वर्षमा स्वयंसेवक शिक्षक भर्ना गरी दरवन्दी कम भएका सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराउने, पूर्ण असक्त अपाङ्ग, असहाय, जेष्ठ नागरिकहरुको मासिक घरदैलो स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिइने कार्यक्रम अधिकृत झाले बताए ।
    यस्तै खेतीको लागि कृषि मिटर जडान गरेका कृषकहरुलाई बर्षभरिमा लाग्ने महसुलमध्ये बढीमा १ हजार एक सय रुपैयासम्म गाउँपालिकाले तिरिदिने, कोभिड १९ को कारण मारमा परेका जनतालाई सहुलियत दिन गाउँपालिका भरि घरायसी प्रयोजनको लागि जडान गरिएको ५ देखि ३० एम्पीयरसम्मको विद्युत मिटरबाट खपत हुने महसुलमध्ये विद्युत प्राधिकरणले निर्धारण गरेको न्युनतम महसुल गाउँपालिकाबाट ब्यहोरिने ब्यवस्था मिलाइएको छ ।
    कोभिड १९ को कारण प्रभावित कृषकलाई खेतीमा प्रोत्साहित गर्न धान, गहुँ, सर्सौं तथा मकै बालीको विऊमा पचास प्रतिशतसम्म अनुदान उपलब्ध गराइने, कोभि८ ज्ञढ को संक्रम०ाको सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाल सरकारले तोके बमोजिम क्वारेन्६ाईन तथा आइसोलेशनलाई सुविधा सम्पन्न बनाउन आवश्यक वजेट व्यवस्थापन गरिने भएको ५ ।
गाउँपालिकाको आठ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. ६० लाख तोकिएको छ । आर्थिक, सामाजिक, कृषि र पूर्वाधार : सुशासन र ब्यवहार परिवर्तन विकासको मूल आधारनारालाई आत्मसात गर्दै आ. ब. २०७८/०७९ माकोराना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबा६ नागरिकलाई सुरक्षित राख्न र गु०ास्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पूर्वाधार निर्मा०ा तथा स्तरोन्नति र स्वस्थ जनशक्ति विकासमा जो८ दिने, कृषि क्षेत्रको विकासको लागि कृषि तथा पशुपालन क्षेत्रलाई समय सुहाउँदो प्रविधियुक्त, ब्यवसायिक तथा सामुहिक खेती, ब्यवसायिक पशुपालन, सिंचाई सुविधाको विकास गरी कृषिलाई ब्यवसायिकरण गर्ने, गु०ास्तरीय र जीवनपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत स्वास्थ्य तथा खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्मा०ालाई पहिलो प्राथमिकतामा राख्ने तथा विपद् प्रभावित गाउँपालिकालाई विपद्को जोखिमबाट मुक्त गर्न कार्यक्रमहरु सञ्चालन गर्ने भनी प्राथमिकताको क्षेत्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले बताउनुभयो ।
    विभिन्न विकास साझेदार संस्थाहरुसँगको सहकार्यमा समुदायको सहभागितामा विपन्न वस्तीहरुका शौचालय नभएका घरहरुमा हातधुने सुविधा सहितको शौचालय निर्माण अभियान सञ्चालन गरिने, पालिकामा रहेका सबै कार्यालयहरु, शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा निर्धारित मापदण्ड अनुसार खानेपानी, सरसफाइ र स्वच्छताको सुनिश्चित गरिनुका साथै खानेपानी र सरसफाइ अन्तर्गत निर्माण हुने सबै प्रकारका संरचनाहरु बाल, लैगिंक, अपागं र वाताबरणमैत्री हुने सुनिश्चित गरिने उहाँले बताउनुभयो ।
    क्रिकेट खेलको विकासका लागि प्रशिक्षण शिविर सञ्चालन तथा गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
    यसैगरी आर्थिक बर्ष २०७८/०७९ मा सबै वडा कार्यालय तथा कम्तिमा १० वटा विद्यालयमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिने, आर्थिक बर्ष २०७८/०७९ मा विपद् सिकाई केन्द्र र वेदर फोरकास्ट स्टेशन(मौसम पूर्वसूचना केन्द्र) स्थापना गरिने छ ।
    कर्मचारीहरुको पेशागत सुरक्षाका लागि कर्मचारी कल्याण कोष स्थापना गरिने र सो को कार्यान्वयनको लागि आवश्यक कार्यविधि बनाईने नीति लिइएको छ ।
    पाँचौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, खगेन्द्र मण्डल, मनोज चौधरी, गोपी मण्डल, राजेन्द्र साह, गोविन यादव, गुलाबप्रसाद सिंह, लक्ष्मीप्रसाद मण्डल, सदस्यहरु मान्ती सदा, रफिद मन्सुरी, रामनारायण साह, शिवनारायण मण्डल, रामलखन यादव सहितकाले मन्तब्य ब्यक्त गरे ।
    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न