अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित

राजविराज राजविराज
|
मंगलबार, आश्विन ८, २०८१
|
|
६४ पटक हेरिएको
Shares
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित

सारांश

  •     एकसाता यता तापक्रम बढेर ४० डिग्री पार गरेपछि विद्यार्थीको स्वास्थमा पार्ने प्रभावलाई ध्यानमा राखी नगरक्षेत्रका सबै विद्यालय दुई दिनका लागी बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
  •       “गर्मी अत्याधिक बढेकाले खासगरी स–साना बालबालिकालाई निकै समस्या छ, नगर प्रमुख ललन प्रसाद गुप्ताले भने–विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावको राय अनुसार दुई दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।
  • ”     उनले गर्मीलाई ध्यानमा राखी असोज ८ र ९ गते विद्यालय बन्द तथा असोज १० देखी १६ सम्म दिउसोको सट्टा विहान पठनपाठन गर्ने÷गराउने निर्णय भएको जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज । 

    अत्याधिक गर्मी बढेका कारण सप्तरीको कंचनरुप नगरपालिकाले मंगलवार देखी २ दिनका लागी विद्यालय बन्द गरेको छ । 
    एकसाता यता तापक्रम बढेर ४० डिग्री पार गरेपछि विद्यार्थीको स्वास्थमा पार्ने प्रभावलाई ध्यानमा राखी नगरक्षेत्रका सबै विद्यालय दुई दिनका लागी बन्द गरिएको नगरपालिकाले जनाएको छ । 
    “गर्मी अत्याधिक बढेकाले खासगरी स–साना बालबालिकालाई निकै समस्या छ, नगर प्रमुख ललन प्रसाद गुप्ताले भने–विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावको राय अनुसार दुई दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।”
    उनले गर्मीलाई ध्यानमा राखी असोज ८ र ९ गते विद्यालय बन्द तथा असोज १० देखी १६ सम्म दिउसोको सट्टा विहान पठनपाठन गर्ने÷गराउने निर्णय भएको जानकारी समेत दिए । 
    गर्मीलाई ध्यानमा राखी विद्यालय बन्द गरेकै दिन मंगलवार विहान हल्का वर्षा हुदा त्यस क्षेत्रमा केही राहत महसुस गरिएको स्थानीयले जानकारी दिएका छन । 
    कंचनरुप नगरपालिका क्षेत्रमा समान्य वर्षा भएपनि सदरमुकाम राजविराजमा भने वर्षा भएन । यद्धपी हल्ला बादल लागेपछी तापक्रममा केही गिरावट आउदा जितीया पर्वमा सहभागी व्रतालु महिलाहरुले पनि केही राहत महशुस गरेका छन । 
    प्रचण्ड गर्मी र घामका कारण विगत एक सातादेखी जनजीवन कष्टकर बनेको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
सहिदको सम्झानामा दिप प्रज्वलन
सहिदको सम्झानामा दिप प्रज्वलन
छिन्नमस्ता भगवतीको मुकुट चोरी
छिन्नमस्ता भगवतीको मुकुट चोरी
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द