दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
राजविराज वडा ३ स्थित राजदेवी सडक खण्डमा एउटा बिशाल रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किएको छ ।
एक साता अघि आएको हावाहुरीले उक्त रुखको हांगा भाचेर विजुलीको तारमा अड्किएको हो । त्यस्तै सो रुखको जडा कमजोर भई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ । जसकारण सो सडक खण्डमा दुर्घटनाको जोखिम पनि बढेको छ ।
सडकको उत्तरपट्टी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसर तथा सडक किनारमा आधीआधी जडा रहेको अति पुरानो सो रुख कुनै बेला पनि ढल्ने अवस्थामा रहेको स्थानीयहरुले बताएका छन् ।
सो मार्गबाट दैनिक सयौं सवारीसाधन र पैदलयात्री ओहोरदोहोर गर्छन् । यसबारे भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, विद्युत प्राधिकरण, वडा कार्यालय र राजविराज नगरपालिकाको जिम्मेवार अधिकारीलाई स्थानीयले जोखिमबारे जानकारी गराउँदा पनि कुनै चासो देखाएका छैनन् ।
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो
सारांश
- एक साता अघि आएको हावाहुरीले उक्त रुखको हांगा भाचेर विजुलीको तारमा अड्किएको हो ।
- त्यस्तै सो रुखको जडा कमजोर भई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ ।
- जसकारण सो सडक खण्डमा दुर्घटनाको जोखिम पनि बढेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया