दैनिक समाचारादता
राजविराज, १७ साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादव प्यानलसहित मैदानमा उत्रेका छन् ।
शनिबार वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादवले आ–आफ्नो नेतृत्वमा प्यानलसहित उम्मेदवारि दर्ता गराएका छन् ।
निर्वाचन आइतबार बिहान ८ बजेदेखी सुरु भई दिउँसो २ बजेसम्म चल्ने र सोही दिन साँझ मतगणना कार्य सुरु गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिएपछी आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो ।
दुई उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा उमेशप्रसाद यादवको प्यानलबाट उपाध्यक्ष पदमा राजेश्वर राय, हरेराम यादव, सचिवमा निरज मुक्ति, उपसचिवमा राहुल मण्डल र दाउद हुसैन तथा कोषाध्यक्षमा अभिनव यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै सदस्य पदका लागि हुने निर्वाचनमा समेत सो प्यानलबाट ५० वटै पदमा उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका उम्मेदवार उमेश विष्णुपुर गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
केदार प्रसाद यादव नेतृत्वको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव, उषा साह, सचिवमा शम्भुप्रसाद यादव, उपसचिवमा रिता चौधरी, रामेश्वर कुडैरिया यादव तथा कोषाध्यक्षमा अरबिन्द कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला तथा पुरानो निर्वाचन क्षेत्रमा सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास विफल हुनु कतिपयले घाटाको विषय भएको त कतिपयले प्रजातान्त्रिक अभ्यासको रुपमा लिनुपर्ने प्रतिक्रया दिएका छन् ।
अध्यक्षसहित ५७ पदका लागि हुने निर्वाचनमा १८ वटै पालिकाका ५ सय १८ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक कृष्णलाल यादवले जानकारी दिए । एकताको प्रथम जिल्ला अधिवेशनको तीन दिन अघि अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको गृह जिल्ला सप्तरीमा नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
सारांश
- शनिबार वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादवले आ–आफ्नो नेतृत्वमा प्यानलसहित उम्मेदवारि दर्ता गराएका छन् ।
- निर्वाचन आइतबार बिहान ८ बजेदेखी सुरु भई दिउँसो २ बजेसम्म चल्ने र सोही दिन साँझ मतगणना कार्य सुरु गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
- वर्तमान कार्यसमितिको कार्यकाल सकिएपछी आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया