पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर

राजविराज राजविराज
|
बुधबार, माघ ९, २०८१
|
|
१२३ पटक हेरिएको
Shares
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर

सारांश

  •     ठगि गरेको आरोपमा उजुरी परेपछी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी ५० वर्षिय पत्रकार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
  •       अघिल्लो दिन माघ ८ गते यादवलाई पक्राउ गर्न सप्तरी जिल्ला अदालतबाट अनुमति लिई खोजतलासका क्रममा बुधबार बिहान पक्राउ गरेको प्रहरीको भनाई छ ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार उनी बिरुद्ध सोही पालिकाका भरत ठाकुरले ठगि गरेको आरोपमा उजुरी दिएपछी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।

    प्रेस मञ्च नेपालका उपमहासचिव तथा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष समेत रहेका पत्रकार बैधनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ । 
    ठगि गरेको आरोपमा उजुरी परेपछी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी ५० वर्षिय पत्रकार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
    अघिल्लो दिन माघ ८ गते यादवलाई पक्राउ गर्न सप्तरी जिल्ला अदालतबाट अनुमति लिई खोजतलासका क्रममा बुधबार बिहान पक्राउ गरेको प्रहरीको भनाई छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार उनी बिरुद्ध सोही पालिकाका भरत ठाकुरले ठगि गरेको आरोपमा उजुरी दिएपछी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । 
    उनलाई बुधबारै ठगि तथा अपराधिक विश्वसघात कसुर मुद्दामा अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट म्याद थप्ने प्रहरीले तयारी गरेपनि अचानक प्रहरी हिरासतमा लडेपछी अदालतको साटो उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो । उनको प्रारम्भिक उपचार पछी सोही दिन साँझ थपउपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक बस्नेतले उनी निको भएपछी पुनःकानुनी प्रक्रिया अघि बढ्ने बताए ।     
    प्रहरीले यसअघि २०८१ पुस २२ गते सर्वसाधारणसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगि धन्दा चलाएको आरोपमा सोही पालिकाका हनुमानी भन्ने रामबहादुर रजकलाई पक्राउ गरेको थियो । रकम दोब्बर पारिदिने भन्दै सर्वसाधारणलाई ठगि गर्ने धन्दा रजक गिरोहले विगत १० वर्षदेखी चलाउँदै आएको प्रहरीको भनाई छ । 
    पीडितको उजुरी तथा उक्त प्रकरणमा पत्रकार यादवको नाम पनि जोडिन पुगेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको कथन छ । यसअघि रजक पक्राउ परेको भोली पल्टै प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि रजक गिरोहबाट ठगिमा परेका अन्य पीडितलाई समेत लिखित उजुरीसहित सम्पर्कमा आउन अनुरोध गरेको थियो । 
    त्यसपछी ११ जना पीडितहरु उक्त गिरोहबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिन आइपुगेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । अहिलेसम्म परेको उजुरीमा रजक गिरोहले सर्वसाधारणको अढाई करोड जति रकम ठगि गरेको पाइएको उनको भनाई छ । 
    तीन दिनअघि जनमत पार्टीका प्रदेशसभा सदस्य शम्भु साहले मधेश प्रदेश सभामै पत्रकार यादव विरुद्ध पीडितहरुले दिन खोजेको ठगि मुद्दाको जाहेरी लिन सप्तरी प्रहरीले आलटाल गर्दै आएको प्रसङ्ग उठाउँदै सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । 
    पत्रकार यादवले भने आफू कुनै ठगि धन्दामा सरिक नरहेको तथा राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरेको दाबी गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते