दैनिक समाचारदाता
राजविराज, १७ असार ।
नेपाल प्रेस युनियनले आफ्नो आन्दोलनका कार्यक्रम अघि बढाउँदै सोमबार नेपाल पत्रकार महासंघको सबै शाखाहरुमा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरेको भन्दै प्रेस युनियन आन्दोलन गर्न बाध्य भएको हो ।
यसै क्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्णको नेतृत्वमा सोमबार महासंघ सप्तरी शाखाको मूल गेट अगाडी धर्ना दिएको छ ।
धर्नाका क्रममा अध्यक्ष कर्णले अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भन्दै शुक्रबार महासंघमा तालाबन्दी गरि धर्ना दिइएको जनाएका छन् ।
सदस्यता शुद्धिकरणको नाममा अधिकांश यूनियनका क्रियाशिल पत्रकार सदस्यहरुलाई हटाएर सार्वजनिक गरिएको नामावली स्वीकार्य नहुने भन्दै शाखाबाट नवीकरणका लागी सिफारिस नगरिएका सदस्यहरुले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिएपनि त्यसलाई नहेरी तथा उजुरी नदिएका केही सदस्यहरुलाई केन्द्रीय कार्यालयले एक पक्षीय रुपमा सदस्यता थप गरी निर्वाचन प्रक्रिया अघि बढाएकोले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस यूनियन आन्दोलित भएको हो ।
प्रेस युनियनद्वारा महासंघमा धर्ना
सारांश
- नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरेको भन्दै प्रेस युनियन आन्दोलन गर्न बाध्य भएको हो ।
- यसै क्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्णको नेतृत्वमा सोमबार महासंघ सप्तरी शाखाको मूल गेट अगाडी धर्ना दिएको छ ।
- धर्नाका क्रममा अध्यक्ष कर्णले अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भन्दै शुक्रबार महासंघमा तालाबन्दी गरि धर्ना दिइएको जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया