लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ५, २०७८
|
|
४५ पटक हेरिएको
Shares
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प

सारांश

  •     शसस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले डुंगाको प्रयोग गरी शुक्रबार खोजी कार्यलाई ब्यापक बनाएको छ ।
  • बुधवार दिउसो सिमावर्ती भारतको कुनौली बजारबाट दिपावली र छठ पर्वका लागी केही किनमेल गरी फर्किदै गर्दा रमपुरामल्हनीया–हनुमाननगर सडक खण्डको जिर्ण पुल पार गर्ने क्रममा बाढीले मण्डललाई बगाएको थियो ।
  •       उनीसंगै रहेका २८ वर्षिय संजिव मण्डल भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक । 
    जिता खोलाको बाढीले बगाएर तीन दिनदेखी वेपत्ता बनाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु भन्ने दिपेन्द्र मण्डल अझै भेटिएका छैनन । 
    शसस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले डुंगाको प्रयोग गरी शुक्रबार खोजी कार्यलाई ब्यापक बनाएको छ । बुधवार दिउसो सिमावर्ती भारतको कुनौली बजारबाट दिपावली र छठ पर्वका लागी केही किनमेल गरी फर्किदै गर्दा रमपुरामल्हनीया–हनुमाननगर सडक खण्डको जिर्ण पुल पार गर्ने क्रममा बाढीले मण्डललाई बगाएको थियो । 
    उनीसंगै रहेका २८ वर्षिय संजिव मण्डल भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए । वेपत्ता मण्डलको खोजीका लागी शसस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठको निगरानीमा विगत तीन दिन देखी गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ । 
    जिता नदीको बाढीले मण्डललाई भारतीय क्षेत्र तर्फ बगाएर लगेको हुन सक्ने अनुमान गर्दै भारतीय प्रहरी अधिकारीको सहयोगमा समेत खोजी कार्य ब्यापक बनाइएको उनको भनाई छ । 
    यता बाढीले सो सडक खण्डको पृुल समेत ढलेको छ । जसकारण विगत तीन दिन देखी उक्त सडक खण्डमा आवागमन पुर्णरुपमा ठप्प भएको छ । वर्षा रोकिएकाले अबिलम्ब क्षतीग्रस्त पुलको मर्मत तथा आवागमन सुचारु गर्न स्थानीयले माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५