लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२१ पटक हेरिएको
Shares
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम

सारांश

  •     सडक अवरुद्ध गरिएपछि त्यस मार्गबाट संचालन हुने दर्जनौं सवारी साधन रोकिएको खवर पाएपछि पुगेको सुरक्षा निकायका उच्च अधिकारीको टोलीले स्थानियलाई सम्झाई बुझाई तथा निर्माण कम्पनीलाई काममा गति दिनु कडाईका साथ निर्दैशन दिने आश्वासन दिएपछि २ घण्टा पश्चात आवागमन सूचारु भएको छ ।
  •     यस अघि उक्त जिर्ण सडक मरमत संभार र स्तरोन्नती कार्यलाई गति प्रदान गर्न माग गर्दै तोपा, मन्सापुर र इनर्वामा दर्जनौं पटक स्थानियले सडक जाम गरिसकेका छन् ।
  •     उक्त सडक निर्माण कार्यको २५ करोड ७१ लाख ४६ हजार रुपैयामा सप्तरीको शम्भुनाथ स्थित साह इन्जिनियरिङ्ग कन्सट्रक्सन प्रालिले ठेक्का पाएको छ ।

    राजविराज÷राजविराज–हनुमाननगर सडक खण्डको झलहीमा स्थानीयले शनिबार चक्काजाम गरेका छन् ।
    जिर्ण अवस्थमा रहेको सडक स्तरोन्नती कार्यको जिम्मा लिएका ठेकेदारको लापरवाही र ढिलाईका कारण आफूहरु सास्ती भोग्न बाध्य भएको भन्दै स्थानीयले चक्काजाम गरेका हुन् । 
    पटक पटक म्याद थपिएपनि निर्माण कार्यलाई गति नदिइएको तथा सडकको दर्जनौं स्थानमा रहेको खाल्डा खुल्डी र हावाले उडाउने धूलोका कारण आफूहरुलाई सास्ती भोग्नु परिरहेको भन्दै आक्रोसित स्थानियवासीहरुले सडक अवरुद्ध पारेका हुन् ।
    सडक अवरुद्ध गरिएपछि त्यस मार्गबाट संचालन हुने दर्जनौं सवारी साधन रोकिएको खवर पाएपछि पुगेको सुरक्षा निकायका उच्च अधिकारीको टोलीले स्थानियलाई सम्झाई बुझाई तथा निर्माण कम्पनीलाई काममा गति दिनु कडाईका साथ निर्दैशन दिने आश्वासन दिएपछि २ घण्टा पश्चात आवागमन सूचारु भएको छ ।
    यस अघि उक्त जिर्ण सडक मरमत संभार र स्तरोन्नती कार्यलाई गति प्रदान गर्न माग गर्दै तोपा, मन्सापुर र इनर्वामा दर्जनौं पटक स्थानियले सडक जाम गरिसकेका छन् ।
    उक्त सडक निर्माण कार्यको २५ करोड ७१ लाख ४६ हजार रुपैयामा सप्तरीको शम्भुनाथ स्थित साह इन्जिनियरिङ्ग कन्सट्रक्सन प्रालिले ठेक्का पाएको छ । तर, समझौता अनुसार काम नभएको र पटक पटक म्याद थप्दा समेत काममा ढिलाई गर्ने प्रवृति दोह्रयाउँदै गएको भन्दै स्थानियले लापरवाही गर्ने ठेकेदार माथि कारवाही गनुपर्ने माग समेत गरेका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?