आईडियलको मुनाफा एक करोड ७५ लाख

राजविराज राजविराज
|
शनिबार, मंसिर २२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
आईडियलको मुनाफा एक करोड ७५ लाख

सारांश

  •     साधारण सभामा अध्यक्षीय प्रतिवेदन पेश गर्दै अध्यक्ष आसले सहकारी ऐनको परिधि भित्र रही सम्पूर्ण शेयर सदस्यहरुलाई १८ प्रतिशका दरले लाभांस प्रदान गरिने बताए ।
  • लाभांस वापतको रकम पुस १ देखि सम्बन्धित सवै शेयर धनीको खातामा जम्मा हुने उनले जानकारी समेत दिए ।
  •       सो प्रतिवेदनमा ४२ जना सदस्यले सुरु गरेको उक्त संस्थामा हाल ११ हजार ५ सय १२ जना सदस्य पुगेको उल्लेख छ ।

    राजविराज÷आईडियल सहकारी संस्था लिमिटेड राजविराजले १ करोड ७५ लाख २६ हजार ६ सय मुनाफा गरेको जनाएको छ । 
    संस्थाको शनिबार १९ औं साधारण सभा मनाउने क्रममा संचालक समितिका अध्यक्ष गणेश कुमार आसले सो जानकारी दिएका हुन् । 
    यस्तै संस्थाले आप्mना धेयर धनीलाई १८ प्रतिशतका दरले लाभांस वितरण गर्ने घोषणा समेत गरेको छ । 
    साधारण सभामा अध्यक्षीय प्रतिवेदन पेश गर्दै अध्यक्ष आसले सहकारी ऐनको परिधि भित्र रही सम्पूर्ण शेयर सदस्यहरुलाई १८ प्रतिशका दरले लाभांस प्रदान गरिने बताए । लाभांस वापतको रकम पुस १ देखि सम्बन्धित सवै शेयर धनीको खातामा जम्मा हुने उनले जानकारी समेत दिए । 
    सो प्रतिवेदनमा ४२ जना सदस्यले सुरु गरेको उक्त संस्थामा हाल ११ हजार ५ सय १२ जना सदस्य पुगेको उल्लेख छ । 
    यस्तै संस्थाले गत आ.व.मा २ अर्ब ७७ करोड ३२ लाख ६६ हजार ६ सय ७२ रुपैया बचत संकलन तथा २ अर्व ५६ करोड ७६ लाख ८६ हजार बचत भुक्तानी गरेको संस्थाले कुल निक्षेप संकलन ५६ करोड १८ लाख ५७ हजार र ५० करोड २५ लाख ३४ हजार ऋण लगानी गरी १ करोड ४० लाख मुनाफा गरेको थियो । 
    संस्थाले सप्तरी जिल्लाको झण्डै आधा भागमा आप्mनै कोषबाट ५० करोड २५ लाख ३४ हजार रुपैया ऋण लगानी गरेको जनाएको छ । 
    संस्थाले कारोबार क्षेत्र विस्तार गर्ने क्रममा जिल्लाको डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकामा शाखा विस्तार गरिसकेको र यस वर्ष देखि एटिएम सेवा पनि सुचारु गर्ने तयारीमा लागेको अध्यक्ष आसले जानकारी दिए । 
    साधारण सभामा संचालक सदस्य विजयानन्द झा, दिनेश साह, डम्बर प्रसाद महतो लगायतले पनि लेखा परिक्षण, लेखा प्रतिवेदन तथा संस्थाको भावी कार्यक्रम लगायतका गतिविधिहरुबारे जानकारी दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जनज्योतीको १३औं साधारण सभा सम्पन्न, पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान
जनज्योतीको १३औं साधारण सभा सम्पन्न, पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह