दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित डब्बल राउन्ड रोबिनको आधारमा खेलाईएको अन्तरबिधालय टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको मंगलबारको खेलमा प्रतिष्ठानले १ सय २५ रनको फराकिलो जित हात पारेको छ ।
क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच भएको उक्त खेलमा लिटिल एन्जेल स्कुललाई १ सय २५ रनको फराकिलो अन्तरले प्रतिष्ठान बिजयी भएको हो ।
प्रतिष्ठानले टस जितेर निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गरेको थियो । जसमा विशाल यादबले अर्थशतकिय पारी खेल्दै अविजित ५१ र रोहित यादब ४० र अमन मण्डल २९ रन बनाएका थिए ।
बलिङतर्फ पिसल्यान्ड स्कुलका रियाज अली ३, प्रदिप दास २ र श्यामबाबु मण्डल, शम्भु यादबले १÷१ बिकेट लिए । प्रतिउतरमा लिटिल एन्जेल स्कुलले ९ ओभरमा सबै बिकेट गुमाई ३६ रन मात्र बनाउन सक्यो । रियाज अली ९ रन सहित अन्य कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
बलिङतर्फ प्रतिष्ठानका सुशान्त देवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ बिकेट लिएका थिए भने पंकज राय ३ बिकेट र सुमन चौधरी र रितेश राम १÷१ बिकेट हात पारेका थिए ।
उक्त अवसरमा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले खेलको म्यान अफ दि म्याच प्रतिष्ठानका सुशान्त देवलाई कप पुरस्कारवाट सम्मान गरेको प्रतिष्ठानका सचिव सन्तोष यादबले जानकारी दिए । बुधबारको खेल लिटिल एन्जेल र प्रतिष्ठान बिच हुने जनाइएको छ ।
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
सारांश
- क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच भएको उक्त खेलमा लिटिल एन्जेल स्कुललाई १ सय २५ रनको फराकिलो अन्तरले प्रतिष्ठान बिजयी भएको हो ।
- प्रतिष्ठानले टस जितेर निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गरेको थियो ।
- जसमा विशाल यादबले अर्थशतकिय पारी खेल्दै अविजित ५१ र रोहित यादब ४० र अमन मण्डल २९ रन बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया