चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी

राजविराज राजविराज
|
बिहिबार, माघ २२, २०८२
|
|
७५ पटक हेरिएको
Shares
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी

सारांश

  •     बिहीबार सप्तरी सदरमुकाम राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो गुनासो पोख्दै आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा भएको निर्माण कार्यको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको विषयलाई बंग्याएर विपक्षि दलका केही व्यक्तिले गलत किसिमले प्रचारबाजी गरेकोमा त्यस्तो भ्रममा नपर्न सबैसँग आग्रह समेत गरेका छन् ।
  •       रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बेला आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर विपक्षिहरुले विभिन्न जालझेल, प्रपञ्च र झुठा आरोप लगाउन थालेको उनको दाबी छ ।
  •     उक्त विद्यालय स्थापना तथा संचालनमा आफ्नो परिवारले निकै योगदान गरेको र एक महिनाअघि मात्र आमाको नाममा रहेको १४ कठ बहुमुल्य जग्गा दान दिएको भन्दै उनले दाता परिवारलाई लाखौं रुँपैया हिनामिना गरेको विपक्षिले लगाएको आरोप बिल्कुलै निराधार रहेको दाबी गरे ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका अमरकान्त चौधरीले चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र भइरहेको गुनासो पोखेका छन् । 
    बिहीबार सप्तरी सदरमुकाम राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो गुनासो पोख्दै आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा भएको निर्माण कार्यको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको विषयलाई बंग्याएर विपक्षि दलका केही व्यक्तिले गलत किसिमले प्रचारबाजी गरेकोमा त्यस्तो भ्रममा नपर्न सबैसँग आग्रह समेत गरेका छन् । 
    रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बेला आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर विपक्षिहरुले विभिन्न जालझेल, प्रपञ्च र झुठा आरोप लगाउन थालेको उनको दाबी छ ।
    उक्त विद्यालय स्थापना तथा संचालनमा आफ्नो परिवारले निकै योगदान गरेको र एक महिनाअघि मात्र आमाको नाममा रहेको १४ कठ बहुमुल्य जग्गा दान दिएको भन्दै उनले दाता परिवारलाई लाखौं रुँपैया हिनामिना गरेको विपक्षिले लगाएको आरोप बिल्कुलै निराधार रहेको दाबी गरे ।  
    उनले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा अघि नै ७५ प्रतिशत काम सम्पन्न भइसकेको तथा आफूले तोकिएकै बजेटको परिधिमा रही बाँकीे काम सम्पन्न गरेको जानकारी दिए । सोही विषयलाई लिएर अहिले विपक्षिहरुले बदनाम र चरित्रहत्या गर्ने नियतले आयोगमा झुठ उजुरी दिएको दाबी समेत गरे । 
    यता उनीसहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले विद्यालय भवन निर्माण कार्य विषयमा सोधपुछका लागि शुक्रवार बोलाएको छ ।
    डाक्नेश्वरी नगरपालिका वडा नं. ५ स्थित श्री कान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका उनी सँगै रामसागर मण्डल, सत्येन्द्र कुमार मण्डल, कन्दीदेवी सदा, कविता सिंह, श्यामला देवी मण्डल, दुखरन मण्डल, सुभाष कुमार साह र योगेन्द्र प्रसाद मेहतालाई उजुरीको अनुसन्धान सम्बन्धमा सोधपुछ बयान लिनुपर्ने भएकोले शुक्रवार उपस्थित गराई दिन डाक्नेश्वर नगरपालिकालाई अख्तियारले गरेको पत्राचारमा उल्लेख छ ।
    सो विद्यालयको विद्यालय भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको व्यहोराको उजुरी परेपछी छानबिनका क्रममा बयानका लागि उनीहरुलाई बोलाइएको बुझिएको छ । आयोगले गरेको पत्राचारमा रास्वपा उम्मेदवार चौधरीसहित अन्य ९ जनालाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनेर सम्बोधन गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी 
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी 
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी