दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
सप्तरीमा पुर्वराजपा नेपालका नेता तथा कार्यकर्ताहरूको शनिबार सम्पन्न भेलाले संगठनलाई ब्यबस्थापन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन ।
जिल्ला समन्वय समिति राजबिराजको सभाहलमा सम्पन्न सयौ नेता तथा कार्यकर्ता भेलाबाट संगठन ब्यबस्थापनका लागि एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
सो भेलामा पुर्व राजपा केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले तत्कालिन राजपा नेपालले समाजवादी फोरमसँग एकता गरेर जसपा बनाउनु गर्नु ठुलो गल्ति भएकोले मधेश मुक्ती आन्दोलनलाई महन्थ ठाकुर र राजेन्द्र महतो समुहले मात्र मधेशको अधिकार दिलाउन सक्ने दाबी गरे ।
यसैगरी बैठकमा अर्का केन्द्रीय सदस्य दिनेश यादबले जसपाका अध्यक्ष उपेन्द्र यादबले एकात्मक सोच र ब्यक्तिगत राजनीति स्वार्थका कारण पार्टी फुटको संघारमा गएको टिप्पणी गरे ।
यसैगरी पुर्व राजपा केन्द्रीय सदस्य तथा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले महन्थ ठाकुर जस्तो त्यागी नेतालाई बदनामी गर्ने केही नेतृत्व गर्नेहरूले जसपा पार्टी कब्जा गर्न खोजेको आरोप लगाइन् ।
उनले अहिले पनि जिल्लाका नेता तथा कार्यकर्ताहरू एकरति पनि बिचलित नभएको र मधेशको मुद्दाप्रति एकजुट भएको बताइन् ।
सो भेलाले पुर्वराजपा नेपालका नेतृत्व वर्गलाई गाउँस्तर, नगरपालिकादेखी जिल्लासम्म संगठन बिस्तार गर्न अविलम्ब बिस्तारित बैठक तोक्न आग्रह गर्ने बैठकले निर्णय गरेको युवा नेता शम्भु यादबले बताए ।
बैठकमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश सिँह, केन्द्रीय सदस्य राजेन्द्र प्रसाद यादब, हरेकृष्ण प्रसाद सिँह, रामप्रित यादब, सुनिल झा, अमरनाथ मण्डल, बिशेश्वर रजक, जागेश्वर राय, बिनोद यादब, कुमरनाथ मिश्र, बिजय यादब, जयनारायण यादब, पुनम यादब लगायत नेता तथा कार्यकर्ताले संगठन बिस्तारका लागि अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको भेलाबाट संगठन ब्यबस्थापनमा जोड
सारांश
- जिल्ला समन्वय समिति राजबिराजको सभाहलमा सम्पन्न सयौ नेता तथा कार्यकर्ता भेलाबाट संगठन ब्यबस्थापनका लागि एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
- सो भेलामा पुर्व राजपा केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले तत्कालिन राजपा नेपालले समाजवादी फोरमसँग एकता गरेर जसपा बनाउनु गर्नु ठुलो गल्ति भएकोले मधेश मुक्ती आन्दोलनलाई महन्थ ठाकुर र राजेन्द्र महतो समुहले मात्र मधेशको अधिकार दिलाउन सक्ने दाबी गरे ।
- यसैगरी बैठकमा अर्का केन्द्रीय सदस्य दिनेश यादबले जसपाका अध्यक्ष उपेन्द्र यादबले एकात्मक सोच र ब्यक्तिगत राजनीति स्वार्थका कारण पार्टी फुटको संघारमा गएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया