चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि

सारांश

  •     राजविराज वडा नं २ बस्ने मनोज कुमार लाल कर्णले उक्त कलम डाक बढ़ाबढमा साकार गरेका हुन् ।
  • मनोज राजविराजका व्यावसायी हुन ।
  • कलमको उनी भन्दा कम मूल्य राजविराज २ बस्ने प्रतिक कर्णले ९५ हजार ५ रुपैयाको बोली लगाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक । 

    चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक बर्ष आयोजना गर्ने भगवान चित्रगुप्तको पूजा पश्चातको भगवान हाथको पूजित कलम यस वर्ष १ लाख ५ सय ५५ रुपैयामा बिक्री गरिएको छ ।
    राजविराज वडा नं २ बस्ने मनोज कुमार लाल कर्णले उक्त कलम डाक बढ़ाबढमा साकार गरेका हुन् । मनोज राजविराजका व्यावसायी हुन । कलमको उनी भन्दा कम मूल्य राजविराज २ बस्ने प्रतिक कर्णले ९५ हजार ५ रुपैयाको बोली लगाएका थिए ।
    समितिले प्रत्येक बर्ष यम पञ्चकको तेश्रो दिन भातृद्वितियाको दिनमा यमराजको मुख्य काम गर्ने भगवान चित्रगुप्तको पूजा विगत ४० बर्ष देखि आयोजना गर्दै आएको छ ।
    पूजाको अवसरमा आयोजन गरिएको कार्यक्रममा चित्रांश समाजका विद्यार्थीहरुलाई  छात्रवृति प्रदान गरिएको थियो । विद्यालय स्तरमा दिइने छात्रवृति यस पटक राहुल लाल, अनिकेत दास, कृतिका कर्ण, अमन मल्लिक, दीपिका कर्णलाई दिइएको छ भने उच्च अध्ययनतर्फ भूमिका कर्ण, ज्योति कर्ण, स्नेहा दत्त, आयुष कर्ण, रूपा कर्ण र नन्दिनी दत्तलाई दिइएको छ । 
    समितिका अध्यक्ष विमल कुमार कर्णको अध्यक्षतामा आयोजित समारोहमा भगवानको मन्दिरमा भक्तहरुलाई स्वच्छ खानेपानीको उपलब्धताको लागि करिब २ लाखको लागतमा निर्माण गरिएको खानेपानी ट्यांकको हस्तानान्तरण गरिएको छ । राजविराज ८ निवासी स्व. रामचन्द्र लाभको स्मृतिमा उनकी पत्नी सुनिता लाभले उक्त ट्यांक निर्माण गराएकी हुन् ।
    समितिका महासचिव रणधिर कुमार कर्णद्वारा संचालित कार्यक्रममा राजविराज २ बस्ने ध्रुव कुमार स्वर्णकारले भगवानको लागि एउटा चाँदीको मुकुट प्रदान गरे ।
    महासचिव कर्णका अनुसार भगवान चित्रगुप्त पूजाको विसर्जन शुक्रवार विहान १० बजे गरिने र बिहानै चित्रांश बालवालिकाहरुलाई सम्मिलित गराएर हाजिर जवाफ कार्यक्रम संचालन गरिने जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
बलान नदीको डिलमा बृक्षारोपण 
बलान नदीको डिलमा बृक्षारोपण 
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद