राजविराज÷राजविराज जेसीजले सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
तालिमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मेदनी प्रसाद साहले सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी विभिन्न भिडियो सहितको सैद्धान्तिक तथा कानुनी कुराहरूबारे प्रशिक्षण दिएका थिए । उक्त तालिमका सहभागिहरुलाई राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले समेतले प्रशिक्षण दिएका थिए ।
राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले तालिमले सामाजिक रूपमा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिवृद्धि भई सडक दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।
उक्त तालिममा पूर्व अध्यक्ष सिद्धार्थ तातेड, जिल्ला सप्तरी ट्राफिक कार्यालयका इन्द्रवीर श्रेष्ठ, टेक बहादुर बस्नेत, नवीन बहादुर कार्की, स्ववियु सदस्य अनिल यादव लगायतको उपस्थिति रहेको थियो । तालिम समापन पश्चात् सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न
सारांश
- उक्त तालिममा पूर्व अध्यक्ष सिद्धार्थ तातेड, जिल्ला सप्तरी ट्राफिक कार्यालयका इन्द्रवीर श्रेष्ठ, टेक बहादुर बस्नेत, नवीन बहादुर कार्की, स्ववियु सदस्य अनिल यादव लगायतको उपस्थिति रहेको थियो ।
- तालिम समापन पश्चात् सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया