राजविराजमा राजावादीको प्रर्दशन

राजविराज राजविराज
|
मंगलबार, चैत्र ५, २०८१
|
|
४५ पटक हेरिएको
Shares
राजविराजमा राजावादीको प्रर्दशन

सारांश

  •     राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजसंस्था पुनः स्थापना, हिन्दु राष्ट्र घोषणा, प्रदेश संरचना खारेजी लगायतका माग तथा नाराबाजी समेत गर्दै प्रर्दशन गरेका थिए ।
  •       प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता÷कार्यकर्ताका साथै स्थानीयको उल्लेख्य सहभागीता थियो ।
  • स्थानीय मलेठ चौकबाट निकालिएको जुलृुश नगर परिक्रमा गर्र्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।

दैनिक समाचारदाता
रावजविराज, ५ चैत । 

    राजविराजमा मंगलबार राजावादीहरुले शक्ती प्रर्दशन गरेका छन् । “राजा आउ देश बचाउ” नारा लेखिएको ब्यानर फहराउदै उनीहरुले शक्ति प्रदर्शन गरेका हुन् । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजसंस्था पुनः स्थापना, हिन्दु राष्ट्र घोषणा, प्रदेश संरचना खारेजी लगायतका माग तथा नाराबाजी समेत गर्दै प्रर्दशन गरेका थिए । 
    प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता÷कार्यकर्ताका साथै स्थानीयको उल्लेख्य सहभागीता थियो । स्थानीय मलेठ चौकबाट निकालिएको जुलृुश नगर परिक्रमा गर्र्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो । 
    सभालाई राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साह, केन्द्रीय सदस्य जया महतो, राप्रपाका स्थानीय नेता सुरेन्द्र साह सुरेश, नविन मण्डल, कुपानन्द झा लगायतले सम्बोधन गर्दै संघियता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरी २०४७ को संविधान लागु गर्नु पर्नेमा जोड दिएका थिए । 
    उनीहरुले देशमा राजसंस्था र हिन्दु धर्मको पक्षमा माहौल बनिसकेको भन्दै अब यसलाई कुनै पनि शक्तीले रोक्न नसक्ने दाबी समेत गरे । 
    राजावादीको उक्त प्रर्दशनमा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखी सर्वसाधारण समेतको सहभागिता थियो ।      

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
सहिद राममनोहरको सम्झनामा रक्तदान   
सहिद राममनोहरको सम्झनामा रक्तदान   
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता