दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 

राजविराज राजविराज
|
शनिबार, कार्तिक १७, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  •     दलित सरोकार मञ्च नेपाल सप्तरी शुक्रवार सिरहाको कर्जन्हा नगरपालिकामा दलित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय सभालाई प्रमुख अतिथिको आसन्नबाट सो कुरा बताएका हुन् ।
  •       मुख्यमन्त्री राउतले नेपालको हरेक परिर्वतनमा दलित समुदाय भागीदारी समानुपातिक रहेपनि अझै पनि अधिकार दिन बेला ठग्ने गरेको बताए ।
  •     प्रदेश २ को सरकारले पास गरेको प्रदेश प्रहरी ऐन अनुसार प्रहरी भर्ना गर्ने भन्दै कुनै पनि ताकतले प्रहरी ऐन कार्यान्वय रोक्न नसक्ने उनले चुनौती समेत दिए ।

दैनिक समाचारदाता
सिरहा, १६ कात्तिक ।
    प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता नपाउने बताएका छन् ।
    दलित सरोकार मञ्च नेपाल सप्तरी शुक्रवार सिरहाको कर्जन्हा नगरपालिकामा दलित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय सभालाई प्रमुख अतिथिको आसन्नबाट सो कुरा बताएका हुन् । 
    मुख्यमन्त्री राउतले नेपालको हरेक परिर्वतनमा दलित समुदाय भागीदारी समानुपातिक रहेपनि अझै पनि अधिकार दिन बेला ठग्ने गरेको बताए ।
    प्रदेश २ को सरकारले पास गरेको प्रदेश प्रहरी ऐन अनुसार प्रहरी भर्ना गर्ने भन्दै कुनै पनि ताकतले प्रहरी ऐन कार्यान्वय रोक्न नसक्ने उनले चुनौती समेत दिए । 
    प्रदेश प्रहरी ऐनमा दलितको जनसख्याका अधारमा भागीदारी सुनिश्चित गरिएको छ । उनले भने, “अव प्रदेश प्रहरीमा मात्रै होईन योग्यता र क्षमताको आधारमा प्रदेशका सबै निकायमा दलितहरुको प्रतिनिधित्व सुनिश्चित हुन्छ ।”
    दलित जनप्रतिनिधिहरुको प्रादेशस्तरी समितिका संयोजक तथा कर्जन्हा नगरपालिका नगरप्रमुख गंगा पासवानो अध्यक्षतामा समापन्न कार्यक्रममा वहुजन अभियन्ता हरिनन्दन रंजन, रामेश्वर महरा, विनोद पासवान, मञ्चका अध्यक्ष युत्तिलला मरिक लगायतले दलित अधिकार बारे बोलेका थिए ।
    यसैबीच प्रदेश २ का पालिकामा प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुको भेलाले कर्जन्हा नगरपालिका नगरप्रमुख गंगा पासवानको संयोजकमा ५६ सदस्य संजाल निमार्ण गरेका छन् । 
    संजालले प्रदेशभरी दलित जनप्रतिनिधिहरुको हक अधिकारका लागि काम गर्ने बताएका छन् । संजालले ११ बुदे कर्जन्हा नगरपालिका घोषणा पत्र जारी गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ