दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ४ सखुवामा सोमबारदेखि दोश्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पडरिया सिरहा ए टीम बिजयी भएको छ । निर्धारित समयमा इटहरी सुनसरी टीम नआएपछि सिरहा ए लाई वाक ओभर दिएर बिजेता घोषणाा गरेको हो ।
यसअघि सखुवास्थित कृषिहाट बजारमा शुरु भएको प्रतियोगिताको शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदारले उद्घाटन गरेकी थिइन् ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अरण चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष शत्रुधन प्रसाद चौधरी, आयोजक प्रगतिशिल युवा क्बलका अध्यक्ष सचिन्द्र कुमार चौधरीले मन्तव्य राखेको थिए ।
शम्भुनाथ प्रगतिशिल युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी, सिरहा, सर्लाही, उदयपुर र सुनसरीका विभिन्न ९ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले रू ५० हजार नगद तथा कप र उपबिजेताले रू ३० हजार नगद र मेडल प्रदान गरिने जनाएको छ ।
्प्रतियोगिता अन्तर्गत मंगलवार फतेपुर सप्तरी र सिरहा बी बिच हुने जनाएको छ ।
सखुवामा भलिबल प्रतियोगिता शुरु, पहिलो खेलमा सिरहा बिजयी
सारांश
- प्रतियोगिताको उद्घाटन खेलमा पडरिया सिरहा ए टीम बिजयी भएको छ ।
- निर्धारित समयमा इटहरी सुनसरी टीम नआएपछि सिरहा ए लाई वाक ओभर दिएर बिजेता घोषणाा गरेको हो ।
- यसअघि सखुवास्थित कृषिहाट बजारमा शुरु भएको प्रतियोगिताको शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदारले उद्घाटन गरेकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया