भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
७ पटक हेरिएको
Shares
भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

सारांश

  • पक्राउ पर्नेहरुमा सोही पालिका वडा नं.
  • ६ बस्ने ७४ वर्षिय भोला सदा र ५६ वर्षिय मंगल मुखिया छन् ।
  • घरमा लागुऔषध गाँजा भण्डारण गरी राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले दुई जनासहित उक्त मात्राको गाजा बरामद गरेको हो ।
दैनिक समाचारदाता
राजविराज, ४ असोज । 
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुरस्थित घरमा भण्डारण गरि राखिएको २१ क्विन्टल लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही पालिका वडा नं. ६ बस्ने ७४ वर्षिय भोला सदा र ५६ वर्षिय मंगल मुखिया छन् ।
घरमा लागुऔषध गाँजा भण्डारण गरी राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले दुई जनासहित उक्त मात्राको गाजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरिक्षक प्रमोद कुमार साहको कमाण्डमा खटेको टोलीले भोला सदाको घरवाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गाजा बरामद गरेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार फेला परेको गाजालाई तौल गर्दा भोला सदाको घरवाट फेला परेको ५६ पोकामा १ हजार ८ सय ३८ किलो ८७ ग्राम तथा मंगल मुखियाको घरवाट फेला परेको ८ पोका २ सय ६१ किलो ५० ग्राम गरि २ हजार १ सय ३७ ग्राम रहेको छ ।
पक्राउ परेका दुबै जना तथा बरामद गाजााई कानुन वमोजिम नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई अनुसन्धान कार्य भईरहेको प्रवक्ता घिमिरेले जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु